कांग्रेसको समर्थनसँगै सभामुखमा महरा निर्विरोध

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्विरोध भएका छन् ।

निर्वाचन कार्यक्रमअनुसार शुक्रबार तोकिएको समयभित्र अन्य कसैले पनि उम्मेदवारी दिएका छैनन् । सभामुख पदमा अन्य कसैले पनि उम्मेदवारी नदिएपछि महरा सर्वसम्मत भएका हुन् । उनी निर्विरोध निर्वाचित भए पनि औचापरिक घोषणा शनिबार गरिनेछ ।

महराको प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ छन् । समर्थकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ रहेका छन् ।

नेपाली कांग्रेसले सभामुख पदमा आफ्नो उम्मेदवारी दिएन । कांग्रेसका नेता रमेश लेखकले सभामुख पद साझा पद भएकाले कृष्णबहादुर महरालाई आफूहरूको समर्थन रहने बताएका छन् ।

Published : Friday, 2018 March 9, 4:18 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया