नेपालले खनालसँग बदला लिए, विद्याविरुद्ध भुसालको असहमति

काठमाडौं । राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई दोहोर्‍याउने स्थायी समितिको निर्णयप्रति उपमहासचिव घनश्याम भुसालले असहमति जनाएका छन् । त्यति मात्रै होइन भुसालले स्थायी समितिको बैठकको निर्णयप्रति नोट अफ डिसेन्ट लेखेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार मध्य रातिसम्म बैठक बसेको थियो । बैठकमा ओलीले भण्डारीलाई राष्ट्रपतिमा दोहोर्‍याउन चाहेको र समर्थनका लागि प्रस्ताव गरेका थिए ।

ओली पक्षधर नेताहरूले सो प्रस्तावमा समर्थन जनाए । तर, घनश्याम भुसाल, झलनाथ खनालसहितका नेताहरूले ओलीको प्रस्तावको विरोध जनाए । खनालले राष्ट्रपतिमा आफू जान चाहेका थिए ।

ओलीको प्रस्तावमा माधवकुमार नेपालले समर्थन जनाएको स्रोतले जनाएको छ । नेता नेपालले अडान लिएको भए नेता खनाल राष्ट्रपतिको उम्मेदवार हुने थिए ।

तर, महाधिवेशनका लागि खनालले अध्यक्षमा आफूलाई सहयोग नगरेर ओलीलाई समर्थन गरेको बदला नेपालले खनालसँग मंगलबार राति बालुवाटारमा लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा बसेर गुट चलाएके आराप लागिरहेका बेला एमालेले भण्डारीलाई पुनः राष्ट्रपतिमा दोहोर्‍याउने निर्णय गरेर विरोधीहरूलाई चकित बनाएको छ ।

बैठकमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीसहितका नेताहरूलाई भूमिका बिहीन बनाएकोमा अध्यक्ष ओलीको विरोध पनि भएको थियो । ओलीले मंगलबार रातिको बैठकमा आफ्नो निर्णयलाई पेलेर गराएको भन्दै झिनो स्वरमा विरोध भएको थियो ।

Published : Wednesday, 2018 March 7, 10:44 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया