भारतकै सहयोगमा वाम गठबन्धन, यसरी खुल्यो भित्री कुरा

काठमाडौं । प्रधानमन्त्री बन्ने अन्तिम तयारीमा रहेका एमालेका अध्यक्ष केपी ओलीका गतिविधिले धेरै प्रश्नहरू उब्जाएको छ । बैंककमा उपचार गरेर फर्किएका ओलीले भारतसँग निकै निकटता देखाएका छन् ।

भारतीय दूतावासभित्रको कार्यक्रममा सहभागी नभएका ओली अर्को दिन त्यस्तै प्रकारको अर्को कार्यक्रममा सहभागी भए । भारतीय राजदूत मञ्जिभसिंह पुरीसँग बसेर सांस्कृतिक कार्यक्रम हेरेर ताली बजाए ।

त्यति मात्रै होइन ओलीले आफू भारतसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको पत्र समेत नरेन्द्र मोदीलाई पठाएको सार्वजनिक भएको छ । भारतको विरोध गरेको देखाउने ओलीले मोदीलाई पठाएको पत्रले तरङ्ग उत्पन्न गरिदिएको छ । पत्रमा ओलीले मोदीको प्रशंसा गरेका छन् । भारतसँगको सहकार्यसँग मात्रै नेपालको विकास हुने उनको भनाइ छ ।

वाम गठबन्धनले सरकार बनाउने तयारी गरिरहेका बेला ओलीले भारतप्रति किन यसरी मोह देखाएका हुन् कसैले बुझेका छैनन् । एमालेका एक नेताले भने,‘केपी ओलीको राष्ट्रवादप्रति हामीलाई सबै कुरा थाहा छ । बैंककमा उपचार गरेर फर्किएपछि भारतप्रति नरम देखिनुभएको छ ।’ ती नेताले भारतकै चाहनामा वाम गठबन्धन बनेको बताए ।

ओलीकै आग्रहमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज मोदीको विशेष दूत बनेर दुई दिने नेपाल भ्रमणमा आउँदै छिन् । त्यस क्रममा स्वराजले ओली लगायत अन्य नेताहरूसँग राजनीतिक भेटवार्ता गर्नेछिन् । भारतले ओली र एमालेलाई किन यसरी महत्व दिएको हो भनेर माओवादी केन्द्रका नेताहरू समेत सशंकित बनेका छन् ।

Published : Thursday, 2018 February 1, 7:09 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया