पदीय मर्यादा विपरित ओली निवास पुगे उपराष्ट्रपति पुन

काठमाडौं । उपराष्ट्रपति नन्दकिशोर पुनले एमालेका अध्यक्ष केपी ओलीलाई बालकोटमा पुगेर भेटेका छन् ।

बिहीबार बैंककबाट उपचार गरेर फर्किएका ओलीलाई शुक्रबार बिहान उपराष्ट्रपति पुनले ओली निवास बालकोटमा भेट गरेको जनाइएको छ ।

अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार भेटमा उपराष्ट्रपति पुनले अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाको बारेमा चासो राखेका थिए । त्यसबाहेक समसामयिक राजनीतिक बिषयमा समेत छलफल भएको अधिकारीले जानकारी दिएका छन् ।

अघिल्लो हप्ता २८ पुसमा राष्ट्रपति भण्डारीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परिवारलाई शीतल निवासमा रात्रिभोज दिएकी थिइन् ।

उपराष्ट्रपति पुनले आफ्नो पदीय मर्यादा भुलेर ओलीलाई निवासमा भेट्न गएको भन्दै आलोचना सुरु भएको छ ।

Published : Friday, 2018 January 19, 11:59 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया