एमालेका सांसद र जनप्रतिनिधिहरू स्थानीय तहको पैसा लिएर विदेशतिर

दोलखा । एमाले केन्द्रीय सदस्य तथा दोलखाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पार्वत गुरुङको नेतृत्वमा सवै स्थानीय तहका प्रमुखहरू सरकारी पैसाको दुरुपयोग गरेर भारतको सिक्किम भ्रमणमा गएको खुलासा भएको छ ।

अध्ययन भ्रमणका नाममा एमालेका नेता तथा स्थानीय तहका प्रमुखहरू स्थानीय तहको रकम लिएर घुम्न गएका हुन् । टोलीमा सांसद गुरुङसहित जिल्ला समन्वय समितिका प्रमुख डलव पाण्डे, भीमेश्वर नगरपालिकाका मेयर भरत केसी, जिरी नगरपालिकाका मेयर टंक जिरेल, तामाकोशी गाउँपालिका प्रमुख एमाले दोलखाका जिल्ला अध्यक्ष र्इश्वरचन्द्र पोखरेल सहभागी छन् ।

गौरीशंकर गाउँपालिका अध्यक्ष स्वयम् बहादुर खडका, मेलुङ गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठ, कालिञ्चोक गाउँपालिका अध्यक्ष बिनकुमार थामी पनि टोलीमा सहभागी छन् । दोलखा एमालेका सचिवसमेत रहेका सैलुङ गाउँपालिका अध्यक्ष भरत दुलाल भने स्थानीय तहको रकम अध्ययन भ्रमणका नाममा दुरुपयोग नगर्ने भनेर गएनन् । एमालेका सांसद गुरुङसहितको टोली सिक्किममा एकसातासम्म घुम्नेछ ।

‘दोलखाको बिकाश निर्माणलाई तीब्रता दिन सिक्किमको बिकाश निर्माणबारे बुझ्न निर्णय भएको छ’, एमालेका सांसद गुरुङले भने ।

सांसद गुरुङ जिल्लाबाट निर्वाचित स्थानीय तहका पदाधिकारीलाई भ्रमण गराउन सिक्किम गएको एमालेका एकजना स्थानीय नेताले बताए । ‘स्थानीय तहको रकम दुरुपयोग गर्न हाम्रै पार्टीबाट सुरु भएको छ । यो चिन्ताको विषय बनेको छ’, नाम उल्लेख नगर्ने सर्तमा एमालेका ती सदस्यले भने, ‘स्थानीय तहमा यो भ्रष्टाचारको सुरुवात हो ।’

Published : Monday, 2018 January 15, 9:05 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया