चन्द्र भण्डारीको नयाँ खुलासा, कांग्रेसभित्र भूमिगत गिरोह प्रवेश

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भूमिगत गिरोहले चलाएको आरोप केन्द्रीय सदस्य चन्द्र भण्डारीले लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै केन्द्रीय सदस्य भण्डारीले शेरबहादुर देउवालाई भूमिगत गिरोहले सञ्चालन गरेको दाबी गरेका हुन् ।

‘शेरबहादुर देउवाजीले कसरी कांग्रेस चलाउनु भएको छ भन्ने कुरा नै थाहा हुँदैन’, उनले भने, ‘सभापति शेरबहादुर देउवालाई भूमिगत गिरोहले चलाएको छ ।’

भूमिगत गिरोहमा को–को छन् भन्ने विषय उनले प्रष्ट्याएनन् । कोइराला क्याम्प छाडेर देउवा समूहमा प्रवेश गरेका नेता भण्डारी निर्वाचनमा पराजय भएपछि देउवा समूह छाडेर गगन थापासहितको समूहतिर मिसिन खोजी रहेका छन् ।

प्रतिनिधि सभा निर्वाचनमा गुल्मी जिल्लाबाट पराजित भएपछि राजधानी आएर गुटको भेला गर्दै आएका कांग्रेसका केन्द्रीय सदस्य भण्डारीले सभापति देउवाको चर्को आलोचना गर्दै आएका छन् ।

कांग्रेसका बुढा नेताहरू र सभापति देउवाकै कारण कांग्रेसले पराजय भोग्नु परेको भन्द्रै नेता भण्डारीले भने, ‘पुराना नेताहरूको काम छैन । उनीहरूलाई फालेर हामी युवा पुस्ताले नेतृत्व लिनुपर्छ ।’

Published : Sunday, 2018 January 14, 11:37 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया