न्यायालयको पक्षमा उभिए निधि, डा.केसीलाई दिए नयाँ ‘नाम’

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले डा.गोविन्द केसीको आन्दोलन र अनशनप्रति आपत्ती प्रकट गरेका छन् ।

डा.गोविन्द केसीको अनसनलाई निधिले नानीमैयाँ प्रवृत्ति भनेर व्यंग्य समेत गरेका छन् । निधिले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘अदालतको अवहेलना र अनशन दुवै फेसन हुन लागेको छ । नानीमैयाँ प्रवृत्तिको लोकप्रियता बुद्धिविलासका लागि त रमाइलै होला । तर, व्यवस्थापकीय एवं शासकीय उत्पादनका लागि कति बुद्धिमत्तापूर्ण हुन्छ खै ।’

पूर्व गृहमन्त्री समेत रहेका निधिले फेरि अर्को ट्वीटमा लेखेका छन्, ‘सरकार, संसद र अदालत तीन वटै (राज्यको अंग) मैले भनेअनुसार नै चल्नुपर्छ । आइ एम द स्टेट होइन र यो ? नानीमैयाँको पुलिंग अवतार र भक्तहरू ।’

निधिले पञ्चायतकालमा लहैलहैमा चुनाव जितेकी नानीमैयाँसँग तुलना गर्दै केसीको अनशन र उनलाई समर्थन गर्नेहरुप्रति आक्रोश व्यक्त गरेका हुन ।

नानीमैयाँ दाहालले २०३८ सालमा भएको राष्ट्रिय पञ्चायत चुनावमा काठमाडौंका दुई मध्ये १ सिटमा पञ्चालयका उम्मेदवारलाई पराजित गरेकी थिइन् ।

तत्कालीन मालेका युवा नेताले पञ्चायती चुनावको वहिस्कार गर्न पञ्चायतका उम्मेदवार विरुद्ध छाडा शव्द बोल्दै हिँड्ने र कसैलाई वास्ता नगर्ने नानीमैयाँलाई उम्मेदवार बन्न उचालेका थिए । नानीमैयाँले पञ्चायतका उम्मेदवार कमल चित्रकारलाई पराजित गरिदिएकी थिइन् ।

Published : Wednesday, 2018 January 10, 10:42 am

1 प्रतिकृया प्राप्त “न्यायालयको पक्षमा उभिए निधि, डा.केसीलाई दिए नयाँ ‘नाम’”

  • अब यसलाइ पनि आफ्नो पालो आउने डरले सताउन थालेछ पहिले नै सेफ ल्यान्ड खोज्न थाली सक्यो, …को दाढिमा तिन्का

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया