बाम गठबन्धनको सरकारबारे ‘प्रचण्ड’को नयाँ टिप्पणी

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक समृद्धिको खाका कोर्न सरकार, उद्योगी–व्यवसायी र विज्ञहरू रहेको संयुक्त कार्यदल गठन गरेर अघि बढ्न सकिने बताएका छन् ।
काठमाडौंमा सोमबार दिउँसो नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको भेटमा प्रचण्डले भने, ‘सरकार गठनमा केही ढिलाई भएको छ । स्थिर बामपन्थी सरकार बन्छ । अबको हाम्रो मूख्य प्राथमिकता राजनीतिक स्थायित्व र आर्थिक विकास नै हो ।’
‘यसका लागि हाम्रो कर्मचारी प्रशासन र ऐनमा रहेका सीमाको अध्ययन गरेर त्यसलाई बदल्नुपर्दछ । नीजि क्षेत्रसँगको सहकार्यमा आर्थिक विकास गर्ने प्रष्ट धारणा छ’, उनले भने, ‘सरकार गठन भएपछि सम्बन्धित मन्त्रालय, नीजि क्षेत्रका प्रतिनिधि र विज्ञ सम्मिलित कार्यदल बनाउने र त्यसको रिपोर्टका आधारमा आर्थिक विकासको खाका कोर्न सकिन्छ ।’
भेटमा हरिभक्त शर्मासहितको परिसंघको टिमले बामपन्थीहरूको बहुमतले देशमा राजनीतिक स्थिरता र आर्थिक विकास हुनेमा आफूहरू आशावादी रहेको बताए । उने भने, ‘नयाँ सरकारलाई नीजि क्षेत्रको पूर्ण साथ र सहयोग रहनेछ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
यसमा तपाइको मत