प्रचण्ड सहमति चाहन्छन्, ओली अहँकारी भए: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले प्रस्तुत गरेको राष्ट्रिय सभासम्बन्धी अध्यादेश तत्काल स्वीकृत गर्नुपर्ने बताएका छन् ।

अध्यादेश तत्काल स्वीकृत नगरे मुलुकमा संवैधानिक जटिलता उत्पन्न हुने डा.महतले चिन्ता व्यक्त गरे । काठमाडौंमा बिहीबार आयोजित साक्षत्कारमा डा.महतले निर्वाचन आयोगले मत गणना गर्न सजिलो हुन्छ भनेर बुहमतीय संक्रमणीय व्यवस्थाको कुरा उठाएको बताए ।

उनले भने, ‘कसैको सजिलोको लागि बहुमतीय संक्रमणीय पद्धति हुँदैन, संविधानमा कहाँ लेखेको छ त ? अहिले बहुमत ल्याएकोले एमालेले अहंकार देखायो, बरु माओवादी केन्द्रका अध्यक्ष प्रचण्डजीले सहमति खोज्ने कुरा गर्नुभएको छ । केपी ओलीजीले त हामीले जे चाहन्छौं अब त्यही हुन्छ भन्दै हुनुहुन्छ । यो अहंकार हो ।’

स्थानीयतहको परिणाम आईसकेपछि कांग्रेसले एकल संक्रमणीय व्यवस्थाको गरेको भनेर आरोप लगाउनु नै गलत भएको कांग्रेस नेता डा.महतको भनाइ थियो । उनले भने, ‘अहिले हाम्रो ठाउँमा एमाले–माओवादी केन्द्र हुन्थे भने राष्ट्रपतिले किन अध्यादेश स्वीकृत नगरेको भनेर नारा र जुलुस निस्किन्थ्यो ।’

Published : Thursday, 2017 December 21, 8:42 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया