प्रचण्डको चुनावी स्क्याण्डलको पर्दाफास, ‘नेगेटिभ’ आयो विज्ञप्ति

भरतपुर । चितवनको बाँदरमुढे घटनाका पीडित समितिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’संग मिलेमतो गरेको कुरा आफूहरूलाई थाहा नभएको बताएको छ ।

आइतबार माडी नगरपालिकामा प्रचण्डले केही पीडितलाई बोलाएर मिलेमतो गरेको सूचना आएकोप्रति समितिले अनभिज्ञता जनाएको हो । समितिका अध्यक्ष मुक्तिनाथ न्यौपानले विज्ञप्ति जारी गरेर प्रचण्डसँग गरेको भनेर पत्रपत्रिकामा आएको समाचारबारे आफूलाई कुनै
जानकारी नरहेको बताएका हुन् ।

‘प्रचण्डसँग मिलोमतो गरेका बारेमा मलाई र मेरो कार्यसमितिका कुनैपनि पदाधिकारीलाई थाहा छैन’, बाँदरमुढे घटना पीडित समितिका अध्यक्ष न्यौपानेद्वारा सोमबार जारी विज्ञप्ति भनिएको छ ।

आफूहरूलाई न्याय दिन नसकेका प्रचण्डले चुनावको मुखैमा आएर भोटको निम्ति केही व्यक्तिलाई प्रलोभनमा पारिएको समितिले जनाएको छ ।

समितिले पीडितहरूको ज्युज्यानको सुरक्षा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून बमोजिम दोषीलाई कारवाही गर्ने, घटना स्थलमा ऐतिहासिक सङग्रालय निर्माण र घाइते तथा मृतकहरूको परिवारको लागि परिपुरणको ब्यबस्था गरियोस् भनि माग माग गरेको छ ।

प्रचण्डले आइतबार बाँदर मुडे घटनाका पीडितहरूसँग सहमति भएको भन्दै आफ्नो पक्षमा समाचार सम्प्रेषण गराएका थिए । त्यसको केही घण्टा पनि बित्न नपाउँदै बास्तविक पीडितहरूले विज्ञप्ति जारी गरेर प्रचण्डको मतदाता प्रभावित तुल्याउने राजनीतिको भण्डाफोर गरिदिएका छन् ।

बाँदरमुढे घटनाका पीडितहरूसँग प्रचण्डफेरि पनि ठूलो अन्यायपूर्ण राजनीति गरेको तथा केही व्यक्तिलाई पैसामा खरिद गरेर गलत ढंगले प्रस्तुत भएको भन्दै समितिका अध्यक्ष न्यौपानेले मत आफ्नो पक्षमा बनाउन गरिएको नाटकमा सरिक नहुने बाँदरमुढेका जनतासँग अपील गरेका छन् । योसँग प्रचण्डलाई चचितवन क्षेत्र नं. ३ मा फेरि संकट थपिएको छ ।

Published : Monday, 2017 December 4, 6:24 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया