कम्युनिष्टहरूका कारण कांग्रेसलाई ठूलो फाइदा

काठमाडौं । नेपाली कांग्रेसले उच्च मनोवलका साथ कम्युनिष्टहरूसँग भिड्ने योजनाका साथ सोहीअनुसार चुनावी अभियानमा लागेका छन् ।

कांग्रेसले यसपटक आफ्नो अग्नि परीक्षा गर्नु आवश्यक छ । कांग्रेसका नेता र कार्यकर्तालाई आफू कति पानीमा छु भन्ने कुरा अब थाहा हुनेछ । सोहीअनुसार भावी दिनमा कांग्रेसले देश र जनताका पक्षमा काम गर्नुपर्नेछ । संगठन गर्नुपर्नेछ ।

स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र र मधेस केन्द्रित दलहरूसँग चुनावी तालमेल गरेको नेपाली कांग्रेसले आफ्नो शक्ति स्पष्ट थाहा पाउन सकेको छैन । हुन त कांग्रेसका मतदाताहरू कम्युनिष्ट पार्टीका जस्ता छैनन् ।

कांग्रेसप्रति आस्था राख्नेहरूले रुखमा भन्दा बाहिर कहिल्यै पनि मतदान गर्न सक्दैनन् । स्थानीय तहमा कांग्रेसले जति सिट जितेको त्यो अघिल्लो स्थानीय निकायकोभन्दा धेरै राम्रो स्थान जितेको छ ।

स्थानीय निकायमा एमालेले धेरै सिट जितेको किन नहोस् तर, अघिल्लो पटकभन्दा धेरै ठाउँ गुमाएको छ । २ नं. प्रदेशमा एमालेका हालत कुन अवस्थामा छ त्यो पनि कांग्रेसका लागि सन्तोषको विषय रहेको नेताहरू बताउँछन् ।

यसपटकट माओवादी केन्द्र र एमालेले कांग्रेसलाई जानेर होस् वा नजानेर केही हदसम्म फाइदा भएको छ । कम्युनिष्टहरूको वाम गठबन्धनका कारण कांग्रेसका नेताहरू मिलेका छन् । विभिन्न गुट र उपगुट बनाएर बसेका कांग्रेस नेताहरू बाध्य भएर मिल्नुपर्ने अवस्था आएको छ ।

कांग्रेसले थोरै मिहिनेत गरे भने पनि कम्युनिष्टहरूलाई चुनौती दिन कुनै समस्या हुँदैन । अहिले पनि एमाले र माओवादी केन्द्र कांग्रेससँग डराइ रहेका छन् । वाम गठबन्धन बनाउँदा पनि जित्दैनौ कि भन्ने ठूलो डर उनीहरूलाई छ ।

माओवादी र एमालेका नेताहरूका अभिव्यक्तिले पनि त्यस्तो डर देखिने गरेको छ । केपी ओली सबैभन्दा धेरै डराएका छन् । प्रचण्ड पनि नडराएका भने होइनन् । तर, ओलीले जसरी गफ दिँदै हिँडेका छन् त्यसकारण एमालेलाई समस्या परेको एक नेताले बताए ।

Published : Thursday, 2017 November 23, 11:31 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया