अछाममा एमालेको पराजय पक्का

अछाम । नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार भरतकुमार स्वाँरले नेपाली जनताको अथक प्रयासबाट ल्याएको संविधान कार्यान्वयनका लागि कांग्रेसले जित्नु आवश्यक रहेको बताएका छन् ।

मेल्लेख गाउँपालिका वर्डा नम्बर ६ षोडषामा आयोजित चुनावी आमसभामा बोल्दै जिल्ला पार्टी सभापति समेत रहेका स्वाँरले समृद्ध अछाम निमार्णका लागि कांग्रेसलाई भोट दिन समेत आग्रह गरे ।

सभापति स्वाँरले जनताको एक भोटको बदलामा कांग्रेसले जनतालाई बिकास र समृद्धि दिने बताए । उनले कांग्रेसको जित जनताको जित भएकाले झुटको खेती गर्नेलाई पाखा लगाउँदै काम गर्ने कांग्रेसलाई चुन्न आग्रह समेत गरे ।

स्वाँरले यस पटक अछाम जिल्लामा कांग्रेसको जित पक्का रहेको बताए । उनले भने, ‘अछाममा एमाले पक्का पराजित हुन्छ ।’

चुनावी आमसभामा बोल्दै पूर्वसञ्चार राज्यमन्त्री गोबिन्दबहादुर शाहले पटक पटक जिल्लाबाट चुनिएर गएका एमालेका नेताले अछामको छबिस र पन्ध्र बिस क्षेत्रलाई बिगत २४ वर्षदेखि पिछडिएको क्षेत्रमा राखेर हरेक सेवा सुबिधाबाट बञ्चित गराउँदै आएकोले त्यस्ता षडयन्त्रकारी यसपटक पराजित हुने बताए ।

शाहले अछामका जनताले बिकास चाहे जस्तो विकास कांग्रेसले जिते मात्र सम्भव रहेको समेत दावी गरे ।

बाब्लामा गर्जिए खड्का

नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ का प्रदेश सभाका उम्मेदवर मेघराज खड्काले संविधान, लोकतन्त्र र लोकतान्त्रिक अधिकार रक्षाका लागि नेपाली कांग्रेसलाई जिताउन आग्रह गरे ।

आइतबार बाब्लामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दे पूर्व जिल्ला पार्टी सभापति खड्काले २०६४ सालदेखि २०७४ सालसम्म जनताले एमालेलाई जिताए पनि जिल्लाको समृद्धि र बिकासका लागि खासै योगदान दिन नसकेकाले अब बिकासका लागि कांग्रेसलाई जिताउनै पर्ने जिकिर गरे ।

Published : Monday, 2017 November 20, 9:14 am

1 प्रतिकृया प्राप्त “अछाममा एमालेको पराजय पक्का”

  • It should be shown only by the UML and we can not see anything by saying that Congress will give a vote to the Congress, and it will change the map of Achham. It is not my opinion that we are utterly impressed.

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया