लमहीमा क्रिश्चियनहरूले गरे खतरनाक कार्य, चौधरी परिवारले दियो उजुरी

देउखुरी । दाङको देउखुरीस्थित लमही नगरपालिमा चौधरी परिवारलाई जबरजस्ती धर्म परिवर्तन गराई क्रिश्चियन बनाएको खुलासा भएको छ ।

लमही नगरपालिका वडा नं. ५ लमहीबजार निवासी मनोज चौधरीले जवरजस्ती धर्म परिवर्तन गर्न लगाउनेहरूलाई कारवाहीको माग गर्दै आइतबार नगरपालिकामा निवेदन दिएपछि घटना सार्वजनिक भएको हो ।

स्थानीय मनोज चौधरीको पीडित परिवार र जबरजस्ती धर्म परिवर्तन गराउने कार्यमा संलग्नहरूलाई नगरपालिकामा राखेर छलफल समेत गरिएको छ ।

नगरपालिकाको न्याय समितिका संयोजक तथा उपमेयर देवका बेल्वासेले दुवै पक्षलाई छलफलमा राखेको जानकारी दिइन् । ‘छलफल निष्कर्षमा पुग्न सकेको छैन्’, उनले भनिन् ।

घोराही उपमहानगरपालिकाबाट क्रिश्चियनहरूको समूहका नेतृत्वकर्ताहरू छलफलमा झिकाइएको थियो ।

डोरबहादुर के.सी.को घरमा डेरागरी बस्ने विदेशी महिलाहरूले प्रलोभन देखाएर जबरजस्ती क्रिश्चियन धर्म मान्न दबाव दिएको तथा खुल्न नसकेको बस्तु सेवन गर्न लगाएको निवेदनमा उल्लेख छ ।

धर्मपरिवर्तन गर्न सुरुमा भरिने वप्तिस्मा आवेदन फारम भर्न लगाएको प्रमाण समेत नगरपालिकामा निवेदनसहित पेस गरिएको छ ।

क्रिश्चियनहरूले नेपालमा जबरजस्ती धर्म परिवर्तन गराउने गरेका समाचार र आरोपहरू आइरहेका बेला लमही बजारमा साधारण थारु परिवारलाई जबरजस्ती क्रिश्चियन बनाएको घटनाले अन्य धर्म समुदायकाहरूलाई आक्रोशित बनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिन अगाडि मात्रै जबरजस्ती धर्म परिवर्तन गराउनेहरूलाई दश वर्षसम्मको जेल सजाय हुने गरेर ऐन ल्याइ सकेका छन् । पीडित थारु परिवारले दोषीहरूलाई हदैसम्मको कारबाही गर्न माग गरेको छ ।

Published : Sunday, 2017 November 5, 7:40 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया