लोकतन्त्रवादी शक्ति मिलेर जानु पर्छ : डा.कोइराला

लुम्बिनी । नेपाली कांग्रेसका महामन्त्री डा शंशाक कोइरालाले लोकतन्त्रवादी शक्तिहरू मिलेर जानु पर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन रुपन्देहीले मंगलबार भैरहवामा गरेको पत्रकार सम्मेलनमा डा.कोइरालाले कांग्रेसको अबको पहिलो संकल्प समृद्ध राष्ट्र बनाउनु रहेको बताए । उनले सत्ता गठबन्धनमा सहभागी दलहरू आशन्न निर्वाचनमा पनि मिलेर जानु पर्नेमा जोड दिए ।

लोकतन्त्रवादी शक्ति मिलेर गएको खण्डमा नेपाल छिट्टै स्थायित्व, शान्ति र समृद्धिको बाटोमा अगाडि बढ्न सक्ने बताउँदै उनले त्यसका लागि सबैको भूमिका महत्वपूर्ण रहेको बताए ।

महामन्त्री कोइरालाले नेपाली कांग्रेस अब समृद्धिको एजेण्डा लिएर अगाडि बढ्ने बताए ।

समृद्ध राष्ट्र निर्माणका लागि आगामी दिनमा पनि कांग्रेसको सरकार आवश्यक रहेको उनले बताए । आसन्न प्रदेश र केन्द्रको निर्वाचनमा नेपाली कांग्रेसलाई अग्रपंक्तिमा पुगाउन उनले आग्रह गरे ।

Published : Tuesday, 2017 October 3, 11:29 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया