राप्रपा (प्रजातान्त्रिक)का मन्त्रीहरूलाई शपथ लिए

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बाट सिफारिस भएका तीनजना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।

शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा देउवाले तीनजना मन्त्रीलाई शपथ दिलाएका हुन् । योसँग देउवाले पाँचौं पटक मन्त्रिमण्डल विस्तार गरेका हुन् ।

शपथ लिनेमा दीपक बोहरा, विक्रम पाण्डे र सुनिलबहादुर थापा रहेका छन् । त्यसैगरी देउवाले राज्यमन्त्रीमा रेशमबहादुर लामालाई पनि शपथ दिलाएका छन् ।

संसदमा राप्रपा (प्रजातान्त्रिक)का संसदमा १८ सांसद छन् । बोहराले विज्ञान तथा प्रविधि, पाण्डे वन तथा भू संरक्षण, थापा उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन् । राज्यमन्त्री लामाले उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

Published : Monday, 2017 September 11, 1:54 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया