भीमफेदी दुर्घटनाप्रति तरुण अध्यक्ष लामाद्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष दिल लामाले मकवानपुरमा १३ जना यात्रुको ज्यान जाने गरि भएको दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
अध्यक्ष लामाले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर मकवानपुर जिल्लाको भीमफेदीमा भएको विद्युतीय सवारी माइक्रोबस दुर्घटनामा परी १३ जनाले ज्यान गुमाएकोमा घटनाप्रति नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले गहिरो दुःख र शोक व्यक्त गरेको जनाएका छन् ।
‘छठ पर्व मनाउन घर फर्किने क्रममा भएको यस दर्दनाक दुर्घटनाले विशेषगरी सर्लाही जिल्लाको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर टोलका धेरै परिवारलाई शोकमा डुबाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो अत्यन्त पीडादायी समयमा पीडित परिवारको साथमा राज्य दृढतापूर्वक उभिनुपर्ने आवश्यकता रहेको छ ।’
‘सरकारसँग तत्काल संवेदनशील र जिम्मेवार ढंगले आवश्यक कदम चाल्न नेपाल तरुण दल केन्द्रीय कार्यसमिति जोडदार आग्रह गर्दछ,’ अध्यक्ष लामाले भने, ‘दिवंगतहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजन प्रति हार्दिक समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया