देउखुरीमा सहमहामन्त्री चौधरीद्वारा एमालेका नेता बुद्धिप्रकाशलाई कांग्रेसमा स्वागत

मौरीघाट । नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले एमालेका नेता बुद्धिप्रकाश चौधरीलाई पार्टीमा प्रवेश गराएका छन् ।

शनिबार दाङको देउखरीस्थित मौरीघाटमा आयोजित कार्यक्रममा सहमहामन्त्री चौधरीले एमालेका स्थानीय नेता बुद्धिप्रकाशलाई कांग्रेसमा प्रवेश गराएका हुन् । सहमहामन्त्री चौधरीले इमान्दार भएर पार्टीको संगठन निर्माणमा सक्रिय हुन निर्देशन दिएका छन् । सहमहामन्त्री चौधरीले विगतमा जे जस्तो भएपनि आगामी दिनमा कांग्रेसको संगठन निर्माणमा इमान्दार भएर लाग्न सबैलाई आग्रह गरेका छन् ।

कांग्रेसमा प्रवेश गरेका बुद्धिप्रकाश चौधरीले २०७९ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेस छाडेर बिद्रोह गरी राप्ती गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । अध्यक्षमा बुद्धिप्रकाश पराजित भएका थिए । उनकै कारण कांग्रेसलाई राप्ती गाउँपालिकामा ठूलो क्षति भएको थियो । बुद्धिप्रकाश चौधरी बागी बनेर अध्यक्षमा उम्मेदवारी दिँदा कांग्रेसका अध्यक्ष र उपाध्यक्ष, वडाध्यक्ष र सदस्यका उम्मेदवारहरू पराजित भएका थिए ।

कांग्रेसबाट बागी बनेर राप्ती गाउँपालिकाको अध्यक्षमा पराजित भएपछि बुद्धिप्रकाश चौधरी एमालेमा प्रवेश गरेका थिए । एमालेमा पनि उनलाई खासै अवसर नदिएपछि पुनः कांग्रेसमा फर्किएका छन् । बुद्धिप्रकाश चौधरी स्व.श्रीनारायण चौधरीका छोरा हुन् । श्रीनारायण चौधरीले तत्कालीन समयमा माओवादीको समूहले घरबाट अपहरण गरेर हत्या गरेका थिए ।

Published : Saturday, 2026 November 7, 7:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया