तरुण दल अध्यक्ष लामाद्वारा दीपावली, नेपाल संवत् तथा छठ पर्वको शुभकामना व्यक्त

काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष दिल लामाले नेपालीहरूको महान् पर्व तिहार, नेपाल संवत् तथा छठ पर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष लामाले यी पर्वहरू केवल धार्मिक तथा सांस्कृतिक उत्सव मात्र नभई राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी भाइचारा र सहअस्तित्वलाई मजबुत बनाउने महत्वपूर्ण अवसर भएको उल्लेख गरेका छन् ।

उनले लोकतान्त्रिक मूल्य, मान्यता, राष्ट्रियता, सामाजिक न्याय र समावेशी लोकतन्त्रको सुदृढीकरणका लागि सबै राजनीतिक शक्ति, युवा पुस्ता र नागरिक समाजबीच आपसी एकता, सहकार्य र सद्भाव आवश्यक रहेको बताए ।

मुलुकको वर्तमान राजनीतिक तथा सामाजिक परिवेशमा निराशालाई आशामा बदल्दै सुशासन, स्थायित्व, समृद्धि र जनताको अधिकार सुनिश्चित गर्ने दिशामा सबै जिम्मेवार बन्नुपर्नेमा अध्यक्ष लामाले बताएका छन् ।

तरुण दलका अध्यक्ष लामाले चाडपर्वले समाजमा सकारात्मक सोंच, आपसी विश्वास र राष्ट्रिय एकताको भावना विकास गर्दै लोकतान्त्रिक संस्कारलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

उनले सम्पूर्ण नेपालीहरूको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

Published : Thursday, 2026 November 12, 8:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया