मुख गन्हाउनुका कारण र रोकथाम
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2019/05/Mouth.jpg?resize=800%2C467&ssl=1)
काठमाडौं । मुख गन्हाउने विषयलाई साधारण रुपमा लिनु हुँदैन । गम्भीर रोग लागेका कारण पनि मुख गन्हाउने हुन सक्छ ।
यस्तो अस्थामा मुख र शरीर स्वस्थ छैन भन्ने स्वतः बुझाउँछ । मुख गन्हाउने समस्या भएका मानिस अलि कमजोर र मानसिक रूपमा डिप्रेसनमा हुन्छन् ।
आफ्नो सास आफैँलाई नगन्हाउने भएकाले यसबारे थाहा पाउन दन्तचिकित्सककोमा देखाइराख्नुपर्छ ।
लामो समयदेखि मुख गन्हाउने समस्या छ भने त्यहाँ क्यान्सर भएको पनि हुन सक्छ ।
प्याज, लसुन, मुलाजस्ता खाद्यपदार्थ नियमित खाँदा मुख गन्हाउँछ । पानी कम पिउने कारण पनि मुख सुक्खा हुनाले पनि मुख गन्हाउँछ ।
कफीको अत्यधिक सेवन, दाँत तथा मुख राम्रोसँग सफा नगर्दा, सही तरिकाले ब्रसिङ र फ्लसिङ नगर्नाले, लगाएको कृत्रिम दाँत राम्रोगरी सफा नगर्नाले, लामो समयसम्म एउटै ब्रस प्रयोग गर्नाले पनि मुख गन्हाउँछ ।
खाना खाएपछि कुल्ला गर्ने बानी नहुँदा तथा जिब्रो सफा नगर्दा, चिनी भएको चुइंगम चपाउनाले, गुलियोको मात्रा अधिक प्रयोग गर्नाले, गिजा सुन्निएर पाइरिया भएमा, पिनासको संक्रमण भएमा, धूम्रपान, मध्यपान तथा सूर्तीजन्य वस्तुको प्रयोगका कारण, दाँत किराले खाएर खाल्डो भएमा, मुखभित्र घाउ, खटिरा वा संक्रमण भएमा, टन्सिलाइटिस भयो भने, सुतेको वेला घुर्नु, मुख खालेर सुत्नु तथा मुखबाट सास फेर्ने बानी हुनु, एसिडिटी हुनु अथवा पेटको अम्ल मुखमा आउनु, श्वास नली र फोक्सोमा संक्रमण हुनु पनि मुख गन्हाउँछ ।
खाना नली र पेटमा घाउ हुनु, शरीरमा चिनीको मात्रा अत्यधिक बढी वा कम हुनु, पेट, फोक्सो, खानानली आदिमा क्यान्सर हुनु, नाइट्रेट्स, स्लिपिङ ट्याब्लेट र भिटामिन आदि औषधि प्रयोग गर्नाले मुख गन्हाउँछ ।
जोग्रेन सिन्ड्रोम नामक रोग लागेमा, कलेजोले काम गरेन भने, मिर्गौला फेल भयो भने कुहिएको माछाजस्तै गन्ध आउँछ, रेडियोथेरापी तथा क्यान्सरको उपचार गराउँदा पनि मुख गन्हाउँछ, रोकथाम र उपचार, मुख गन्हाउने खानेकुरा सकेसम्म बाहिर हिँड्दा नखाने, किनकि, यो ब्रस वा फ्लस गर्दा पनि जाँदैन, पर्याप्त मात्रामा पानी पिउने, जसले शरीरमा पानीको मात्रा, सन्तुलित राख्छ र मुख सुक्खा हुन दिँदैन, जिब्रोलाई क्लिनरले नियमित सफा गर्ने, कफी र गुलियो खानेकुरा कम खाने, सही तरिकाले ब्रसिङ र फ्लसिङ गर्ने, कृत्रिम दाँतमा खाना अड्किने भएमा राम्रोसँग सफा गर्ने । अझ ठीक नभएमा चिकित्सककोमा जाने, एउटा ब्रसलाई तीन महिनाभन्दा बढी प्रयोग नगर्ने ।
खाना खाएपछि मज्जाले मुख कुल्ला गर्ने, धेरै गुलियो, चकलेट र चुइंगमको प्रयोग कम गर्ने, गिजा सुन्निएमा उपचार गरेर ठीक पार्ने, पिनास र टनसिलको उपचार गर्ने, धूम्रपान अथवा सुर्तीजन्य पदार्थ सेवन नगर्ने, दन्त सडनको उपचार सही ढंले गर्ने, मुखका घाउ–खटिराको उपचार समयमै गर्ने, मुखमा क्यान्सर भएमा यसको उपचार समयमै गर्ने, मुखमा अम्लको मात्रा बढी आउन नदिने, खानपानमा ध्यान दिने र पेटको उपचार गर्ने, श्वासप्रश्वास नली र फोक्सोको समस्यालाई समयमै उपचार गर्ने, मधुमेह नियन्त्रणमा राख्ने, नियमित रूपमा दन्तचिकित्सकलाई देखाउने, के कारणले मुख गन्हाउँछ, त्यसको कारण पत्ता लगाई समयमै उपचार गर्नुपर्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sherbahadur-Deuba-1-1.jpg?resize=200%2C200&ssl=1)
सभापति देउवाले विश्वासको मत दिँदा दिएको अभिव्यक्ति
शेरबहादुर देउवा, सभापति एवं नेता संसदीय दल, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sudarshan-Thapaliya.jpg?resize=200%2C200&ssl=1)
यसमा तपाइको मत