रक्सी सेवन कलेजो रोगको मुख्य कारण

काठमाडौं । कलेज बिग्रिएर प्रत्यारोपण गर्नुपर्नाको मुख्य कारण मदिरा रहेको एक अध्ययनले देखाएको छ ।

क्यालिफोर्निया–सान फ्रान्सिस्को विश्वविद्यालयमार्फत् गरिएको सर्वेक्षणको सार्वजनिक प्रतिवेदनले मदिरा नै कलेजोसम्वन्धी रोगको मुख्य कारण भएको पाइएको देखाएको छ ।

कलेजो प्रत्यारोपण गरिएका ३२ हजार जनामा गरिएको सर्वेक्षणले यस्तो देखाएको सर्वेक्षणकर्ताहरूले जनाएका छन् ।

सन् २०१२ देखि २०१६ सम्ममा २४.२ देखि ३६.७ प्रतिशत सम्म कलेजोसम्वन्धी बिरामीहरू मदिराका कारण बिरामी भएको पाइएको अध्ययनले देखाएको छ ।

Published : Sunday, 2019 March 17, 7:49 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया