नुन धेरै खाँदा शरीर सुन्निने, पानी जम्मा हुने

काठमाडौं । नुनको मात्रा बढी कैयौँ शारीरिक समस्या निम्तिने गर्छ । शरीरमा पानीको कमी हुने, निश्चित अंगमा पानी जम्मा हुने, शरीर सुन्निने जस्ता समस्या हुन्छ ।

शरीरमा नुनको मात्राा बढी भएमा मिर्गौलामा पत्थरी, उच्च रक्तचाप, मुटुमा समस्या, पेटमा अल्सर, धमनीमा क्षतिलगायत गम्भीर समस्यासमेत हुने सम्भावना रहन्छ ।

कतिपयले खानेकुरामा नुन छर्केर खाने गर्छन् । जुन स्वास्थ्यका लागि खतरनाक मानिन्छ ।

तसर्थ, सकेसम्म खानामा नुनको मात्रा कम गर्ने । साथ, फास्टफुड र जंकफुड खानबाट बच्नुपर्छ । किनकि, यस्ता खाद्यपदार्थमा नुनको मात्रा अधिक हुन्छ ।

घरमै बनाएरको खाना खानुपर्छ । खानामा धनियाँ, खुसार्नी, जाइफल, अदुवा, आदिलाई मिश्रण गर्नुपर्छ । यस्ता मसलाले बढी नुन खाने बानी छुटाउन मद्दत गर्छ ।

Published : Wednesday, 2019 February 27, 7:37 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया