यी रोग भएका व्यक्तिले करेला खानु हुँदैन

काठमाडौं । करेला आयुर्वेदिक औषधिमा उपचार हुनेगर्छ । गाउँघरमा सजिलै पाइने करेला तरकारी हो । साना केटाकेटीले यसको तरकारी रुचाउँदैनन् ।

करेला जथाभावी खाँदा त्यसले असर पु¥याउँछ । करेलाको तरकारी भाँती पुर्‍याएर खानुपर्छ । होइन भने शरीरलाई नोक्सानी गर्छ ।

करेलामा भएको मोमोकेरिनले गर्भवती महिलाको स्वास्थ्यमा असर पुर्‍याउँछ । करेलाको तरकारी धेरै खाँदा गर्भ तुहिने डर हुन्छ ।

फर्टिलिटीसम्बन्धी औषधि लिइरेका व्यक्तिले करेला खानु हुँदैन । करेलाको प्रयोगले फर्टिलिटीसम्बन्धी औषधिको प्रभावलाई कम गर्छ । करेलाको तरकारी खाँदा रोगको मात्रा बढ्दै जान सक्छ ।

पायल्सको समस्या छ भने पनि तितेकरेला खानु हुँदैन । तितेकरेलाको प्रयोगले पायल्सको समस्यालाई झन् ठूलो बनाउँछ ।

शल्यक्रिया गरेपछि पनि तितेकरेलाको तरकारी खानु हुँदैन । यस्तो अवस्थामा करेलाको प्रयोगले रगतमा सुगरको मात्रालाई प्रभावित पार्छ । शल्यक्रिया भएको दुई हप्तापछि मात्र करेला प्रयोग गर्नु राम्रो हुन्छ ।

तितेकरेलाको अत्यधिक प्रयोगले कलेजोमा एन्जाइम्स बढ्न थाल्छ । जसले इन्फेक्सनको सम्भावना बढाउँछ । कलेजोको रोगबाट ग्रसित मानिसले करेलाको प्रयोग गर्नु हुँदैन ।

बढी करेला खानाले महिनावारीको समयमा अत्यधिक रक्तश्राव हुन सक्छ । महिनावारी भएका बेला करेलाको तरकारी धेरै खानु हुँदैन ।

करेलाको प्रयोगले मानिसमा सुगरको मात्रा सामान्यभन्दा पनि तल झर्न सक्छ । सुगरको मात्रा कम हुनेहरूले करेलाको तरकारी नखाएकै राम्रो हुन्छ ।

Published : Saturday, 2018 November 17, 11:14 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया