दशैँमा यसरी बनाउने माछा र कुखुराको परिकार

काठमाडौं । दशैँमा माछा वा कुखुराको मासुका परिकार बनाउने गरिन्छ । घरमा कुखुराको मासु ल्याए विभिन्न परिकार बनाएर खाने परम्परा छ ।

कुखुराको मासु मन पराउनेहरूका लागि क्रिस्पी चिकेन स्वादिलो परिकार बन्न सक्छ । क्रिस्पी बनाउनका लािग ४ चम्चा तेल, ४ चम्चा गहुँको पिठो, २० मिली दूध, १ सय १५ ग्राम पाकेको चिकन, ५५ ग्राम ह्वाइट ब्रेड, केही मात्रा काटेको हरियो धनिया आवश्यक पर्छ ।

सबै सामाग्री तयार भएपछि प्यानमा तेल राखेर मन्द आगोमा तताउनुपर्छ । तेल तातेपछि केही मात्रामा पिठो राखेर राम्रोसँग चलाउनुहोस् । एक मिनेटसम्म पकाएपछि प्यान निकालेर दुध मिसाइ फेरि चलाउनुहोस् ।

यो मिश्रणलाई राम्रोसँग चलाउँदै मन्द आगोमा पकाएर निकालेपछि त्यसमा पाकेको चिकेन राखेर राम्रोसँग मोल्नुपर्छ । यसपछि नुन, धनिया र मरिचको धुलो राख्नुहोस् र चिसो हुन दिनुहोस् । चिकन क्रिस्पी तयार भयो ।

एउटा भाडामा अण्डा राख्नुहोस्, तर यो फुटाएको अण्डा राम्रोसँग हल्लाउनुहोस् । यसमा अब ह्वाइट ब्रेड राख्नुहोस् र सबैतिर अन्डा लागीसकेपछि प्यानमा तेल राखेर पकाउनुहोस् । यसलाई ५ देखि १० मिनेट सम्म पकाउनु पर्दछ ।

Published : Saturday, 2018 October 13, 6:06 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया