लिपस्टिक कसरी प्रयोग गर्ने ?

काठमाडौं । महिलाहरूले आफूलाई आकर्षक देखाउन लिपस्टिक प्रयोग गर्छन् । लिपस्टिक लगाउनु सामान्य विषय मानिन्छ । यसलाई कसरी प्रयोग गर्ने भनेर ध्यान दिनुपर्छ । ध्यान नदिँदा समस्या वा साइड इफेक्ट पनि हुन सक्छ ।

छालाको रङअनुसारको लिपस्टिक छनोट गर्दा राम्रो हुन्छ । गलत प्रकारको लिपस्टिक प्रयोग गर्दा महिलाको सौन्दर्य बिग्रिन सक्छ । छालाको रगत र रङलाई परीक्षण गरी सोहीअनुसारको लिपस्टिक प्रयोग गर्नुपर्छ ।

महिलाहरूले गोरो छाला छ भने पिच या न्युड पिंक या हल्का बैजनी रङको सेडवाला लिपस्टिक प्रयोग गर्न सकिन्छ । म्याट लिपस्टिक पनि लगाउन सकिन्छ । आँखामा हल्का मेकअपका साथमा ओठमा गहिरो रङको लिपस्टिकबाट आफूलाई बोल्ड देखाउन सकिन्छ ।

महिलाको छालामा रगत गाढा देखिन्छ भने गहिरो सेड भएको लिपस्टिक छनोट गर्नुपर्छ । रातो, रानी रङको लिपस्टिकको पनि प्रयोग गर्न सकिन्छ ।

लिपस्टिक लगाउँदा अनुहारको ब्राइटनेसमा विशेष ध्यान दिनुपर्छ । लिपस्टिक प्रयोग गर्दा हल्का हातले अनुहारमा थोरै बिबी क्रिम र फाउन्डेसन प्रयोग गर्न सकिन्छ । आँखामा गाजल पनि लगाउँदा महिला सुन्दर देखिन्छन् । ओठसँगै आँखाको मेकअपमा पनि ध्यान दिनुपर्छ ।

छालाको रङ न्युट्रल भएको अवस्थामा गहिरो गुलाबी या बैजनी रङको लिपस्टिक प्रयोग गर्नुपर्छ । छालामा सधैँ म्याट लिपस्टिक लगाउने प्रयास गर्नुपर्छ ।

गहुँगोरो रङको छाला छ भने सेयर ग्लास या मरुन रङको लिपस्टिक लगाउन सकिन्छ । आँखामा स्मोकी लुक्स भएको मेकअप गर्नुपर्छ । न्युड लिप्सले पनि महिलाको लुक्स एक्स्ट्रा देखाउँछ ।

गोरो रङका महिलालाई क्लासिक न्युड सेड रङले ओठलाई निकै राम्रो देखाउँछ । गोरो छालामा जुनसुकै रङ पनि खुल्छ । न्युड रङ भने सबैभन्दा बढी उपयुक्त हुन्छ ।

गुलाबी रङको सेडवाला लिपस्टिक अधिकांश महिला र पुरुषले रुचाउने गर्छन् । गोरो र मिडियम खालको छालामा हल्का गुलाबी या निओन गुलाबी सेडवाला लिपस्टिक राम्रो हुन्छ । गहुँगोरो रङको महिलालाई भने गहिरो या चम्किलो रङको लिपस्टिकले खुलाउँछ ।

रातो रङको लिपस्टिक प्रायः महिलालाई म्याच गर्छ । महिलाले ब्यागमा सधैँ लिपस्टिक बोक्नु पर्छ । कहिलेकाहीँ महत्वपूर्ण ठाउँमा पुग्नुपूर्व लिपस्टिक बिग्रन सक्छ । यस्तो अवस्थामा ब्यागमा लिपस्टिक बोक्ने बानीले सजिलो हुन्छ ।

Published : Wednesday, 2018 August 22, 6:52 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया