लेफ्टहरूले काम गर्न नसके कांग्रेस निकटका व्यवसायीहरूले नेतृत्व लिने

 

काठमाडौं । पूर्वएमाले–माओवादी केन्द्र निकट वैदेशिक रोजगार व्यवसायीहरूका कारण समस्या उत्पन्न भएको भन्दै नेपाली कांग्रेस निकटका व्यवसायीहरू संगठित भएका छन् ।

कांग्रेस निकट व्यवसायीहरूले कम्युनिस्ट सरकारले मलेसियाको विषयलाई लिएर पक्राउ गर्ने, दुःख दिने, थुन्ने लगायतका गतिविधि गरेर समस्या पैदा गरेको आरोप लगाएका छन् । उनीहरूले सरकारका गतिविधिले समस्याको समाधान भन्दा पनि समस्यालाई झन् ठूलो बनाएको आरोप लगाए ।

पूर्व एमाले र माओवादी केन्द्र निकटका व्यवसायीहरूले वैदेशिक रोजगारी र व्यवसायीलाई बद्नाम गरेर व्यवसायीको मानमर्दन गरेको आरोप लगाएका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले श्रममन्त्री गोकर्ण विष्टसँग मिलेर व्यवसायीहरूलाई दुःख दिएको आरोप कांग्रेस निकटका व्यवसायीहरू छ । अध्यक्ष गुरुङका कारण संघभित्र विवाद उत्पन्न भएको व्यवसायीहरूले जनाएका छन् । संघका अध्यक्ष गुरुङले वैदेशिक रोजगारी र व्यवसायमा देखिएको समस्या समाधानका लागि पहल नगर्ने हो भने संघ नै विभाजनको संघरमा पुग्ने चेतावनी आएको छ ।

श्रममन्त्री विष्टले व्यवसायीलाई बेवास्ता गरेर धमाधम निर्णय गर्न थालेपछि संघभित्र विवाद भएको हो । संघका अध्यक्ष गुरुङविरुद्ध जनमत बढ्दै गएको काठमाडौंमा बिहीबार आयोजित कांग्रेस निकटका व्यवसायीहरूको भेलामा जनाइएको थियो ।

नेपाली कांग्रेस निकट वैदेशिक रोजगार व्यवसायीले श्रममन्त्री विष्ट र संघका अध्यक्ष गुरुङको चर्को आलोचना गरे । संघका अध्यक्ष गुरुङले व्यवसायीको हितमा कुनै पनि कुरा उठाउन नसकेको आरोप लगाएका छन् । भिषा लागेर जान नपाएका कामदारको विषयमा कुरा उठाउन संघले नसकेको उनीहरूको आरोप छ ।

त्यति मात्रै होइन संघका अध्यक्ष गुरुङले व्यवसायी र भिसा लागेका कामदारलाई पठाउने विषयमा पहल गर्न नसके आफूहरूले नेतृत्व लिएर अगाडि बढ्नेसम्मको चेतावनी कांग्रेस निकटका व्यवसायीहरूले दिएका छन् ।

मलेसियाको सिन्डिकेट तोड्ने सरकारको निर्णय भने राम्रो भएको र यसलाई सफल बनाउन सहयोग गर्नुपर्ने पूर्वअध्यक्ष समेत रहेका व्यवसायी विमल ढकालले बताए । भिसा लागेका कामदारलाई रोकेर सरकारले गलत गरेको ढकालको आरोप थियो ।

मलेसियामा सिन्डिकेट तोडिदा समस्या आएको भन्दै ढकालले भने, ‘आकस्मिक रुपमा आएका समस्यालाई व्यवसायीसँग परामर्श गरेर श्रममन्त्रीले समाधानमा पहल गर्नुपर्छ । व्यवसायीलाई थुनछेक गर्दैमा समस्या समाधान हुँदैन ।’

व्यवसायी प्रज्ञान न्यौपानेले संघका अध्यक्षले फेसबुकमा स्ट्याटस लेखेका भरमा व्यवसायीका समस्या समाधान नहुने बताए । संघका अध्यक्ष गुरुङले सम्बन्धित निकायसँग छलफल गरेर समस्या सुल्झाउन पहल गर्नुपर्ने न्यौपानेको सुझाव थियो । न्यौपानेले भने, ‘सरकारी निकायले हेपेको कुरा राख्न सक्ने दम संघका अध्यक्षमा देखिएन ।’

संघको अहिलेको नेतृत्वले व्यावसायीको हकअधिकारका लागि काम गर्छ भनेर आफूले आश नगरे उनले बताए । ‘मन्त्रीले धरौटी बढाउने तयारी गरे पनि अध्यक्ष रोहन गुरुङले व्यवसायीसँग भ्रामक कुरा गर्नुभएको छ’, न्यौपानेको आरोप छ ।

संघका द्वितीय उपाध्यक्ष भुवनसिंह गुरुङले संघका अध्यक्ष व्यवसायीका समस्या समाधानमा गम्भीर नबनेको आरोप लगाए ।

Published : Thursday, 2018 July 5, 8:19 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया