मानवीय सेवामा जुट्यो नेविसंघ, सिंहदरबार घेराउ नगर्ने

काठमाडौं । मूल्य वृद्धिको विरोधमा आन्दोलन गर्दै आएको नेपाल विद्यार्थी संघले सिंहदरबार र जिल्ला प्रशासन कार्यालयहरू घेराउ कार्यक्रम स्थगित गरेको छ ।

असार १७ गतेदेखि लगातार परेको वर्षाका कारण जनधनको क्षति भएको भन्दै नेविसंघले उद्धार कार्यमा खटिनुपर्ने भएकाले तत्कालका लागि आन्दोलनका कार्यक्रमहरू स्थगित गरिएको जनाएको छ ।

नेविसंघका अध्यक्ष नैनसिंह महरले मंगलबार विज्ञप्ति जारी गरेर बाढी पहिरोमा परेकाहरूको उद्धारमा नेविसंघ खटिनुपर्ने भएकाले असार २० गते सिंहदरबार र जिल्ला प्रशासन कार्यालय घेराउको कार्यक्रम स्थगित गरेको जनाएका छन् ।

नेविसंघले मूल्य वृद्धि र धरपकड भएको भन्दै सरकारविरुद्ध आन्दोलन गर्दै आएको छ ।

Published : Tuesday, 2018 July 3, 11:13 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया