डा.केसीको समर्थनमा गगन थापाले दिए ‘भयानक’ बयान

काठमाडौं । नेपाली कांग्रेस सांसद गगन थापाले मेडिकल कलेज नभएको सबै ठाउँमा मेडिकल कलेज खोल्नुपर्ने माग राख्ने डा.गोविन्द केसीको शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप भएको भन्दै कम्यनिस्ट सरकारको आलोचना गरेका छन् ।

संसदको आइतबारको बैठकमा शून्य समयमा बोल्दै सांसद थापाले भने, ‘जनताको छोराछोरीले निःशुल्क चिकित्सक बन्न पाउन् वा सस्तोमा बन्न पाउन् भन्ने माग राख्दा हस्तक्षेप गरिएको छ ।’

गाउँगाउमा स्वास्थ्य सेवा पु¥याइयोस् भनेर माग राख्ने डा.गोविन्द केसीलाई शान्तिपूर्ण प्रदर्शन पनि गर्न नदिएको आरोप कांग्रेसका सांसद थापाले लगाए ।

‘दुईवटा पार्टी एकीकरण भएको उपलक्ष्यमा दुइटा पार्टीका महान् अध्यक्षलाई आफ्नो घरमा बोलाएर चरेसको थालामा मार्सी धानको भात खुवाउने’, उनले भने, ‘कम्यनिस्ट परिभाषा अनुसार दलाल पुँजीपतिको मेडिकल कलेज जसरी पनि खुलोस् भन्ने उदेश्यका साथ सदनमा चिकित्सा शिक्षाको विधेयक ल्याउने सम्माननीय प्रधानमन्त्रीज्यूको यो समाजवादलाई नेपाली जनताको हार्दिक स्वागत छ ।’

Published : Sunday, 2018 July 1, 11:58 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया