नसा च्यापिने समस्या के हो ?

काठमाडौं । मेरुदण्डको तल्लो भागमा नसा च्यापिने समस्या हुन्छ । मेरुदण्डमा लम्बर स्पाइनमा चारवटा हाड हुन्छन् ।

पाँचवटा स्याक्रम स्पाइन पनि हुन्छन् । एल वान, एल टु, एल थ्री, एल फोर र एल फाइभ एक्स भन्ने गरिन्छ । एल फोर र एल फाइभ एक्स अनि एल फाइभ एक्स र लम्बर स्पाइनको एच वानको बीच भागमा बढी नसा च्यापिने गर्छ ।

एल फोर र एल फाइभबीचमा कुसनजस्तो आकारको स्ट्रक्चर हुन्छ, जसलाई विस्क पनि भनिन्छ । यो स्ट्रक्चरको काम दुईवटा हड्डीलाई एक–आपसमा छुन नदिने हो । यो स्ट्रक्चर लचकदार पनि हुन्छ ।

यसले शरीरलाई सन्तुलनमा राखिरहेको हुन्छ । यसले शरीरलाई चल्न सजिलो बनाउँछ । यस्तो डिस्क उमेर बढ्दै जाँदा खिइने गर्छ । यसमा पानी पनि हुने भएकाले त्यस्तो पानी पनि सुक्दै जाने गर्छ ।

जसले गर्दा यस्तो डिस्क कमजोर हुन्छ । यस्तो अवस्थामा बढी सामान उचाल्दा, कम्मरमा बल पर्ने काम गर्दा कमजोर डिस्कले आफ्नो ठाउँ छोडिदिन्छ ।

जसले गर्दा खुट्टासम्म जाने दायाँ, बायाँ या दुवैको नसा च्यापिन सक्छ । किनकि, यस्ता स्नायु स्पाइनल कर्डबाट भर्टिब्रा हुँदै निस्कने खुट्टातर्फ जाने गर्छ । जसलाई पोर्लाबस्ट अफ इन्टरभर्टेबल डिस्क पनि भनिन्छ ।

अर्को कारण भनेको मेरुदण्डको कडा हड्डीले नै आफ्नो ठाउँ छोड्न सक्छ । जसले गर्दा पनि नसा च्यापिन जान्छ । जसलाई स्पोनडाइलोलिसफेसिस भन्ने गर्छौं ।

कम्मरको हड्डी खिइएर गयो भने पनि त्यसको छेउबाट पास भइरहेको नसा च्यापिन सक्छ । लोअर ब्याक स्पाइनमा कुनै पनि खालका ट्युमर भएको अवस्थामा पनि नसा च्यापिन जान्छ ।

यो समस्याको ग्रेड हुन्छ । यस्तो समस्यालाई ग्रेड वानदेखि फोरसम्म विभाजन गरिएको हुन्छ । कतातिर र कति ग्रेडमा नसा च्यापिएको छ भन्ने कुराले दुखाइलाई निर्धारण गर्छ ।

ग्रेड वानमा मात्र छोएको छ भने कम्मरमा मात्र दुखाइ हुन्छ । ग्रेड टुमा च्यापिएको छ भने कम्मरसँगै खुट्टामा पनि दुखाइ हुन्छ ।

नसा च्यापिएको अवस्थामा खुट्टा लाटो हुने, पोल्ने, लुलो हुनेजस्ता समस्या निम्तिन्छ । र, खुट्टा कमजोर भएको पनि अनुभूति हुन्छ ।

कतिमा खुट्टाको मात्र दुखाइ पनि हुन्छ । जतापट्टिको नसा च्यापिएको छ, त्यतैतिरको खुट्टा दुख्ने गर्छ ।

यस्तो समस्यामा अकुपन्चर उपचार विधि निकै उपयुक्त हुन्छ । चिकित्सकले अप्रेसन गर्नैपर्ने भनेका बिरामीलाई पनि अकुपन्चर उपचार विधिले निको गराएका उदाहरण छन् । यस्ता समस्या भएका बिरामीलाई कम्तीमा १५ दिन अकुपन्चर गर्नुपर्ने हुन्छ ।

नसा च्यापिएमा त्यसको काम असामान्य भएर जान्छ । नसाले जुन काम गर्नु पर्ने हो, त्यो गर्दैन । अकुपन्चर विधिबाट त्यस्ता नसालाई नर्मल पार्ने काम हुन्छ । यस्ता लक्षण हराएर जान्छ ।

यस्ता बिरामीलाई इलेक्ट्रो अकुपन्चर गर्छौं । यस्तो अवस्थामा मेसिनको पनि प्रयोग हुन्छ । स्टिमुलेटर मेसिनलाई निडलरमा राखेर चलाउँछौँ ।

कतिपय अवस्थामा सरेको डिस्कलाई योगा गराएर पनि सही ठाउँमा ल्याउँछौँ । त्यस्ता योगाले डिस्कलाई बलियो बनाउने काम पनि गर्छ । नसा च्यापिने समस्या भएमा सकेसम्म निउरिन हुँदैन ।

भारी सामान उचाल्न, साइकल वा मोटरसाइकलमा सवार गर्न वा अडेस नलगाई बस्न पनि हुँदैन । मोटरसाइकलको पडाडि बसेर पनि हिँड्नु हुँदैन । यस्तो गतिविधि गरेमा समस्या झन् बढेर जान्छ ।

Published : Thursday, 2018 June 21, 4:42 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया