अनेरास्ववियुको ढिक्कै कमिटी नेविसंघमा विलय, बीउ नै उखेलियो

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित नोबेल कलेजमा रहेको एमाले निकट अनेरास्ववियुको सिङ्गो ईकाई कमिटी नेपाल विद्यार्थी संघमा बिलय भएको छ ।

नेविसंघका नेता गणेशसिंह धामीको विशेष पहलमा अनेरास्ववियुको कमिटी नेविसंघमा बिलय भएको हो । अनेरास्ववियु ईकाई कमिटीका अध्यक्ष दमनराज उपाध्ययसहितको ५१ सदस्यीय कार्यसमिति नेबिसंघ प्रवेश गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

अनेरास्ववियुका नेता तथा कार्यकर्ता र पदाधिकारीहरूलाई नेविसंघका नेता धामीले भित्र्याएका थिए । अनेरास्ववियुको कमिटी नेविसंघमा प्रवेश गरेपछि एमाले मुख्यालयमा सो विषयमा छलफल भएको छ ।

सिङ्गो कमिटी नेविसंघमा विलय भएपछि नोबेल कलेजमा अनेरास्ववियुको बीउ नै समाप्त भएको छ ।

Published : Tuesday, 2018 April 24, 7:40 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया