आरजुले रोपेको गलगाँड प्रहरीबाट फ्याकिने

काठमाडौं । सुन्दर व्यक्तिको घाँटीमा पलाएको गलगाँडले उसको सुन्दरता लाई कसरी कुरूप बनाई दिन्छ । आफ्नो त्यो सुन्दरता फिर्ता गर्न ति व्यक्तिले गलगाँडलाई काटेर फाल्नु पर्ने हुन्छ ।

व्यक्तिमा यदाकदा आउने उक्त गलगाँड अहिले राज्यको एउटा महत्वपूर्ण सुरक्षा निकाय सशस्त्र प्रहरी बलमा देखा परेको छ । प्रति व्यक्ति ७५ लाख खर्च गरेर उब्जिएको उक्त गलगाँडको कारण सशस्त्र प्रहरी अहिले कुरूप बन्ने निश्चित भएको छ ।

व्यक्ति पुज्न तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु देउवा र मुख्य सचिव लोकदर्शन रेग्मीले प्रतिव्यक्ति ७५ लाखका दरले पैसा लिएर रोपेको गलगाँडले अहिले पूरै संगठनलाई कुरूप बनाएको छ ।

अहिले सशस्त्रमा पाँच गलगाँड अर्थात ५ जना फाजिल एआईजी सिंगो संगठनका लागि गलगाँडको रूपमा देखा परेका छन् । ३६ हजारको दरबन्दी रहेको सशस्त्रमा जबर्जस्ति पाँच एआईजीको दरबन्दि थपेर तत्कालीन शेरबहादुर देउवा सरकारले गलगाँड भित्राएका हुन् । गलगाँड हुन नदिन जसरी आयोडिन नुनको प्रयोग गरियो भई सकेपछि सर्जरी नै एक मात्रै विकल्प भए जस्तै गलगाँड हटाउन सशस्त्र प्रहरी बलमा पनि सर्जरीको तयारी थालिएको छ ।

७२ हजार दरवन्दी रहेको नेपाल प्रहरीमा बढीमा पाँच एआईजी बनाउने तयारीसँगै सशस्त्र प्रहरी बलमा पनि बढीमा तीन एआईजीको दरबन्दी कायम गर्न लबिङ शुरू भएको छ । जसका लागि मानवस्रोत विभागलाई प्रशासन विभागमा, सीमा सुरक्षा विभागलाई कार्य विभागमा मर्ज गरेर हेडक्वार्टरमा दुई जना मात्रै एआईजी राख्ने तथा तेस्रो एआईजी सशस्त्र प्रहरी एकेडेमी अथवा महानगरीय सशस्त्र प्रहरी वलमध्ये एउटा ठाउमा राख्ने तयारी गरिएको छ ।

यस्तो हुँदा अहिले सशस्त्र प्रहरी बलमा हाल रहेका तीन बरिष्ठ एआईजीहरू पुष्पराम केसी, नारायणबाबु थापा र रामशरण पौडेललाई जिम्मेवारी दिने भइएको छ ।

त्यसो भए फाजिलका ५ एआईजी जानकी भट्टराई, निराक्रमबिक्रम शाह, सुवोध अधिकारी, खडानन्द चौधरी र राजेश श्रेष्ठलाई के गर्ने भन्ने बिषयले अहिले चर्चा पाएको छ । एआईजी भएदेखि तलब समेत खान नपाएका उनिहरूलाई गृहमन्त्रालय वा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा हाजीर गराईने भएको छ । हाल ५ जना एआईजीको दरबन्दी रहेको सशस्त्रमा अहिले फाजिलसहित आठ एआईजी छन् ।

तत्कालीन शेरबहादुर देउवा सरकारले बिना अध्ययन करोडौं रकम कुम्ल्याएर गत माघमा एआईजीको दरबन्दी थपेको थियो । शुरूमा उनिहरूलाई सात प्रदेशमा खटाउने भने पनि पछि प्रदेशको मुख्यसचिवमा निजामति तर्फ सहसचिवको कर्मचारी खटिएपछि बढुवा भएका ५ एआईजी फाजिलमा परेका थिए । उहिले उनीहरूले युनिफर्म र डिआईजीको गाडिमा तारा थाप्ने वाहेकको अन्य कुनै सुविधा पाएका छैनन् ।

‘तलव समेत खान पाएका छैनन अरू सुविधा कहाँबाट पाउनु सशस्त्र प्रहरी वल आईजीपी’, सचिवालयका एक अधिकृतले भने । सशस्त्रमा फाजिलहरूको व्यवस्थापन नभएसम्म उनीहरूले सिंगो संगठनलाई कुरूप बनाई दिएको पनि दाबी गरे ।

Published : Tuesday, 2018 April 24, 11:28 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया