कांग्रेसलाई शक्तिशाली र जनप्रिय बनाउने लक्ष्य लिनुपर्छः दीपक गिरी

भैरहवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले कांग्रेसलाई देशकै शक्तिशाली र जनप्रिय बनाउन संगठन सुदृढीकरणमा जोड दिनुपर्ने बताएका छन् ।

कांग्रेस पार्टी कार्यलय भैरहवामा सोमबार आयोजित नेपाल तरूण दल प्रदेश नं. ५ को प्रशिक्षण कार्यक्रमको उदघाटन समारोहमा नेता गिरीले नयाँ रणनीति र कार्यनीतिका साथ अघि बढ्नु पर्ने समय आएको बताए । उनले निर्वाचनमा कांग्रेसको हारको समीक्षा गर्दै जनता समक्ष पुग्नुपर्ने बताए ।

‘मुलुककै ठूलो लोकतान्त्रिक र जनप्रिय पार्टी कांग्रेसलाई देशकै शक्तिशाली पार्टी निर्माण गर्नु आजको माग भएको छ’, उनले भने, ‘अब नयाँ रणनीति र कार्यनीति तय गरेर अघि बढ्नु पर्दछ ।’

नेता गिरीले नेपाल र नेपाली कांग्रेसको लागि तरूणहरू शक्तिशाली खम्बा भएको बताए । ‘पार्टीका भातृ संगठनहरू विधान बमोजिम चुस्त, दुरुस्त, गतिशील र अनुशासित नभएकाले पार्टी कमजोर भएको छ’, गिरीले भने, ‘आगमी दिनमा पार्टी संगठन, शुभेच्छुक संस्थाहरूको संगठन र भातृ संस्थाहरूको संगठ बलियो बनाउनु नै पहिलो प्राथमिकता हुनुपर्छ ।’

Published : Monday, 2018 April 23, 9:10 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया