कोलेस्ट्रोल कसरी घटाउने ?

काठमाडौं । शरीरको अनावश्यक कोलेस्ट्रोल रोगको घर हो । कोलेस्ट्रोल मुटुका लागि अत्यन्त हानिकारक मानिन्छ । यसकै कारण क्यान्सरसमेत निम्तिन सक्छ । त्यसैले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न दिनुहुँदैन । यसका लागि शाकाहारी खाना प्रयोग गर्नु उत्तम हुन्छ ।

मासु, कलेजो, अन्डाको पहेँलो भाग, दूध, घ्यू, मख्खनजस्ता खाद्यपदार्थको प्रयोगमा कमी ल्याउनुपर्छ । वा, सन्तुलन मिलाएर खानुपर्छ । चिल्लो पदार्थको रूपमा सूर्यमुखी, मकै, भटमास, तोरी, बदाम, ओलिभ आदिको तेल प्रयोग गर्दा राम्रो हुन्छ ।

माछा, कुखुरा र लौकाटको मासुमा बोसोको मात्रा कम हुने भएकाले प्रयोग गर्न सक्नुहुन्छ । तर, यस्ता मासुको प्रयोग पनि कम मात्रामा गर्न आवश्यक हुन्छ ।

खसी, बोका, भेडा, च्यांग्रा, बँदेल, बंगुर, आदिको मासुमा फ्याटको मात्रा अत्यधिक हुने भएकाले यसको प्रयोग नगर्दै राम्रो हुन्छ ।

खाना पकाउँदा पनि चिल्लो पदार्थको प्रयोग निकै कम गर्नुपर्छ । प्रोटिनका लागि दाल, भटमास, सिमी, मटर आदिको प्रयोग गर्न सकिन्छ ।

सागपात, हरियो तरकारी, फलफूल, गहुँ, चामल र दाल शरीरका लागि अत्यन्त लाभदायक मानिन्छ । यस्ता खाद्यपदार्थको पर्याप्त प्रयोग गर्दा कोलेस्ट्रोल बढ्ने सम्भावना कम हुन्छ ।

कोलेस्ट्रोल कम गर्न माछाको तेल, सिमी, बोडी, भटमास, ओखर, कागती, बदाम आदिबाट तयार पारिएका पदार्थ आहारको रूपमा प्रयोग गर्दा हुन्छ ।

Published : Sunday, 2018 March 25, 12:04 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया