यसरी बच्न सकिन्छ क्यान्सर रोगबाट

काठमाडौं । नसर्ने रोगमध्ये क्यान्सर सबैभन्दा खतरनाक हो । विशेषगरी अव्यवस्थित जीवनशैली र खानाका कारण क्यान्सर लाग्ने गर्छ ।

क्यान्सरबाट बच्न सबैभन्दा पहिले स्वस्थ जीवनशैली अपनाउन जरुरी छ । हामी जस्तो जीवनशैली अपनाउँछौँ, त्यहीअनुरूपको प्रभाव स्वास्थ्यमा पर्छ । आवश्यकताअनुसार शारीरिक व्यायाम गर्न आवश्यक छ ।

माछा, मासुको प्रयोग घटाउनुपर्छ । बरु गोडागुडीजन्य पदार्थको प्रयोग बढाउनुपर्छ । जस्तो कि सिमी, केराउ, चना आदि ।

रातो मासु स्वास्थ्यका लागि अत्यन्तै हानिकारक छ । नियमित रातो मासु प्रयोग गर्ने मानिसलाई अन्यको तुलनामा क्यान्सरको सम्भावना ४० प्रतिशत बढी हुन्छ ।

रातो मासुमा प्रोटिनको मात्रा बढी हुन्छ । जसका कारण मुटुरोग, किड्नीमा समस्या हुनुका साथै क्यान्सरको पनि सम्भावना हुन्छ । त्यसैले यसको पनि प्रयोग गर्नु हुँदैन ।

खानामा नुनको कम प्रयोग गर्नुपर्छ । बढी नुनको प्रयोग पनि क्यान्सरको कारण बन्न सक्छ ।

सकेसम्म तारेको, भुटेको खानेकुरा खानु हुँदैन या निकै कम प्रयोग गर्नुपर्छ । यस्ता खाद्यपदार्थले शरीरका जुनसुकै ठाउँमा पनि क्यान्सर हुन सक्छ ।

विषादीयुक्त खाद्यपदार्थ, सागसब्जी, फलफूलको प्रयोग गर्नु हुँदैन । प्याकेजिङ गरिएका ड्राइफुड पनि क्यान्सरको कारण बन्न सक्छ ।

सुर्तीजन्य पदार्थ र अल्कोहलको लत भए छुटाइहाल्नुपर्छ । यस्तो लत लागेका मानिसलाई नै सबैभन्दा बढी क्यान्सरको खतरा हुन्छ । ९० प्रतिशत क्यान्सर रोगीको कारण अल्कोहल र सुर्तीजन्य पदार्थ भएको तथ्यांकले देखाउँछ ।

 

फाइबरयुक्त खानेकुरा स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक हुन्छ । आँटा, ढिकीमा कुटेको चामल, मेथी, गहुँ, चना, केराउ, फलफूल ।

रेसादार खानेकुराले क्यान्सरबाट बचाउनुका साथै कब्जियत हुने सम्भावना पनि कम हुन्छ । रेसादार खानेकुराले रगतमा बोसोको मात्रा पनि घटाउँछ । विश्व स्वास्थ्य संगठनका अनुसार ४० प्रतिशत रोग खानाका कारणले मात्र लाग्ने गरेका छन् । त्यसैले क्यान्सरबाट बच्न पनि खानामा विशेष ध्यान दिन जरुरी छ ।

सुर्तीजन्य पदार्थ, मध्यपान र धूम्रपानको अत्यधिक प्रयोगले क्यान्सर हुन्छ । बढी चिल्लो खाना, नुन बढी प्रयोग, धुवाँमा सेकाएको मासु, ढुसी परेका बासी खानेकुराको प्रयोगले क्यान्सरको सम्भावना बढाउँछ ।

वंशाणुगत कारणले पनि क्यान्सर हुन सक्छ । विभिन्न विकिरणले हाम्रो शरीरमा क्यान्सर उब्जाउन सक्छ । अत्यधिक घाममा बस्दा, परमाणुको प्रभाव, एक्स–रे, सिटीस्क्यान, रेडियोथेरापी, मेमोग्राम आदिको अत्यधिक प्रयोग गर्दा त्यस्ता विकिरणले शरीरमा प्रवेश पाउँछ ।

वातावरण, औद्योगिक प्रदूषण, मिसावटयुक्त खानाको सेवन, विभिन्न विषाक्त रसायनको प्रभावले पनि क्यान्सरको सम्भावनालाई बढाउँछ ।

Published : Friday, 2018 March 2, 8:22 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया