यसरी पकाउनु पर्छ चिया, दूधचियाले स्वास्थ्यमा हानी

काठमाडौं । उचित तरिकाबाट तयार पारिएको चिया प्रयोग गर्दा स्वास्थ्यमा फाइदा हुन्छ । चियामा हुने एन्टिअक्सिडेन्ट भिटामिन हुन्छ ।

चियाले नर्भ सिस्टमलाई सक्रिय बनाउन मद्दत गर्छ । चियामा भएको गुलियोले इनर्जी दिन्छ । एक–दुई कपभन्दा बढी चिया पिउनु हुँदैन । सकेसम्म दूधको चिया प्रयोग भने गर्नुहुँदैन ।

ग्रिन टी स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । ग्रिन टीमा एन्टिअक्सिडेन्ट बढी हुन्छ । यस्तो चिया भने दिनको ४–५ पटक प्रयोग गर्दा रोगप्रतिरोधी क्षमता पनि बढ्छ ।

कालो चियामा भएको एन्टिअक्सिडेन्टले शरीरमा भएको बोसो कम गर्ने काम गर्छ । जसको परिणाम मानिस मोटोपनको सिकार हुन पाउँदैन । चियामा राखेको दूधले भने एन्टिअक्सिडेन्टको मात्रालाई घटाउने काम गर्छ ।

कालो चियाको प्रयोगले छिटो भोक लाग्ने समस्याबाट मुक्ति दिलाउनुका साथै शरीरमा शक्तिसमेत पैदा गर्छ । जसले मानिसलाई लामो समय क्रियाशील रहनका लागि सहयोग पु¥याउँछ ।

कालो चियाले पाचन प्रणालीलाई समेत व्यवस्थित गर्ने काम गर्छ । जसका कारण मानिस पेटको रोग लाग्नबाट बच्न सक्छ । कालो चियाको प्रयोगले पेटको दुखाइ, ग्यास्ट्रिकजस्ता समस्याबाट पनि मुक्ति दिलाउने काम गर्छ ।

नियमित रूपमा कालो चिया पिउँदा तौल र पाचन प्रणाली व्यवस्थित बन्छ । जसका कारण मानिसलाई ‘हर्ट स्ट्रोक’को खतरा कम हुन्छ ।

अमेरिकन हर्ट एसोसिएसनको अनुसन्धानअनुसार कालो चियाले शरीरमा भएको खराब कोलेस्ट्रोल कम गर्छ । कोलेस्ट्रोल हर्ट स्ट्रोकका लागि खतरनाक मानिन्छ ।

कतिपय मानिसमा रोगप्रतिरोधी क्षमता कम भएका कारण छोटो–छोटो समयमा बिरामी हुने समस्याले दिक्क हुन्छ । यस्ता मानिसलाई पनि कालो चिया हितकर हुन्छ ।

कालो चियाले शरीरको रोगप्रतिरोधी क्षमतालाई बढाउँदै लैजाने काम गर्छ । यसले साइनस, डायरिया, निमोनियाजस्ता रोग लाग्ने सम्भावनालाई पनि दूर गर्ने काम गर्छ ।

कालो चियाले शरीरमा ‘थैफ्लोविन्स’ अर्थात् क्यान्सर बनाउन सक्ने कोषिकालाई हटाउने काम गर्छ । यस्ता कोषिका निर्मूल हुँदा विशेषगरी मानिसलाई ‘ओवेरियन क्यान्सर’बाट जोगाउने गर्छ ।

राम्रो तरिकाले तयार भएको चिया पुनः उमालेर खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ । चिया उमाल्दा भिटामिन र एन्टिअक्सिडेन्ट नष्ट हुन पुग्छ । त्यसैले हामीले चिया भकभक उमालेर खानु हुँदैन ।

उम्लेको पानीमा चियापत्ती राखेर केही बेर छोप्नुपर्छ । तर, दूध चिया भने स्वास्थ्यका लागि राम्रो हुँदैन । चिया र दूध उमालेर खाँदा दूधमा हुने प्रोटिन र चियामा हुने एन्टिअक्सिडेन्ट तत्व नष्ट हुन्छ । जसको परिणाम हाम्रो शरीरलाई असर पार्छ ।

Published : Friday, 2018 February 2, 7:57 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया