योग गुरु रामदेवले के–के खान्छन् ?

नयाँदिल्ली । योग गुरु रामदेवले के खान्छन् भनेर धेरैलाई चासो हुने गरेको छ । उनीले तपाई हामीले जस्तै साधारण खाना खान्छन् ।

रामदेव बिहान एक गिलास तातो पानी पिउँछन् । त्यसपछि ५ देखि ८ बजेसम्म योगा गर्छन् । योगापछि तातो पानीसँग अमला र एलोभेराको जुस पिउँछन् ।

उनी भन्छन्, ‘मेरो उमेरका मानिसको आधा कपाल सेतो भइसक्छ । तर, यस्तो जुस पिएकै कारण मेरो कपाल अहिलेसम्म पनि कालो नै छ ।’

उनले बिहानको खाजामा खजुर, अन्जिर र बदाम भिजाएर खाने गर्छन् । त्यस्तै, ५–७ वटा बदाम र २–३ वटा ओखर पानीमा भिजाएर खान्छन् । त्यस्तै, उनले आधा कचौरा टुसाएको गेडागुडी खान्छन् ।

दिउँसोको खानामा उनी हरियो सागसब्जी र एक कचौरा दही खाने गर्छन् । बेलुकीको खानामा उनले सिजनल फलफूल र एक गिलास दूध खाने गर्छन् । उनले १८ वर्षसम्म कुनै अन्न नखाएको र पछिल्लो समयचाहिँ थोरै–थोरै खान थालेको बताउँछन् ।

आफू सधैँ खुसी रहने बताउँछन् । उनले एक्सन, रियाक्सन र रुम एक्सन निकै खतरनाकसमेत भएको बताएका छन् । उनी हरेक समय हाई कन्सस र क्रिएटिभ रहन सुझाब दिन्छन् । – एजेन्सी

Published : Friday, 2018 January 26, 12:26 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया