डा.गोविन्द केसीको विपक्षमा उत्रियो वकिलहरूको सबैभन्दा ठूलो संस्था

काठमाडौं । डा.गोविन्द केसीले न्यायापालिकामाथि गम्भीर आरोप लगाउँदै अनसन सुरु गरेपछिको अवस्थामा विभिन्न टिकाटिप्पणी भइरहेका बेला नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको बचाउमा उत्रिएको छ ।
अदालतले डा.केसीलाई साधारण तारेखमा रिहा गरेपछि पनि अनशन जारी राख्नु स्वतन्त्र न्यायपालिकाका लागि अशोभनीय भएको नेपाल बार एसोसिएसनको ठहर छ ।
एसोसियसनले शुक्रवार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘डाक्टर केसीलाई आमरण अनशन जारी राखेकाले आमरण अनशन नबस्न नेपाल बार एसोसिएसन अनुरोध गर्दै सबै प्रकारको दबाव र प्रभाव स्वतन्त्र नयायपालिकाको लागि अशोभनीय हुने हुँदा यस प्रकारको कार्य नगराउनु होला ।’
केसी गतिविधिलाई आधार मानेर विज्ञप्तिमा भनिएको छ, ‘अदालतको आदेश वा फैसलालाई लिएर स्वच्छ टिकाटिप्पणी मात्र नगरी व्यक्तिगत रुपमा लान्छना लगाउने, अशिष्ट भाषा प्रयोग गर्ने, आफ्नो अनुकुलतामा फैसला आदेश नभएमा प्रधानन्यायाधीशको राजिनामा माग गर्ने, माग पूरा नहुन्जेलसम्म आमरण अनशन जारी राख्ने जस्ता विषयवस्तुले पश्रय पाउने हो भने र त्यस विषयलाई अन्य पक्षले समर्थन गर्दै अगाडि बढ्ने हो भने कुन विषयवस्तु कुन ठाउँमा उठाउने, कसले उठाउने र उपचार पाउने माध्यम के हो भन्ने विषयमा नै जटिलता मात्र देखिने नभइ गलत प्रकिया र पद्धतिको विकास हुनेछ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
यसमा तपाइको मत