यस्ता रोग लाग्छन् मैदाका परिकारबाट

काठमाडौं । मैदाबाट बनेका परिकारले तौल बढाउन भूमिका खेल्छन् । शरीरको हड्डी खिइने समस्या पनि निम्तिन्छ । यसको प्रयोग गर्दा धेरै कुरामा ध्यान दिन जरुरी रहेको छ ।

मैदामा केही पनि पौष्टिक तत्व हुँदैन । गहुँको बाहिरपट्टिको पौष्टिक तत्व (बोक्रा) निकालेर भित्री भागबाट मात्रै बनाइएको हुन्छ ।

खासमा खानुपर्ने गाहुँको बाहिरी भाग हो । यसमा भिटामिन बी पाइन्छ । तर, गहुँको भित्री भागबाट बनाइएको मैदामा कुनै रेसादार पदार्थ र भिटामिन हुँदैन ।

आधुनिकताको नाममा सेतो आँटाबाट बनेका परिकार खाने चलन छ । तर, यसले कब्जियतको समस्या निम्त्याउँछ । मैदाबाट बनेका परिकार मिठाइ, चाउचाउ, बिस्कुट, कुर्मुरे आदिले शरीरमा विभिन्न रोग भित्राउन भूमिका खेल्छन् ।

चिकित्सकहरूका अनुसार पोषण नभएका खानेकुरा खाँदा बालबच्चाको मस्तिष्क राम्रोसँग विकास हुन सक्दैन ।

पौष्टिक तत्व नभएका खानेकुरा खाँदा ६०–७० वर्षको उमेरपछि आउने गरेका स्वाथ्य समस्या ३०–३५ वर्षको उमेरमै देखा पर्न थाल्छन् ।

खानपिनका कारण मुटुमा समस्या, हर्टअट्याकजस्ता रोग युवा पुस्तामा देखा पर्न थालेका छन् । खराब जीवनशैली र तनाबले पनि यस्तो हुन्छ ।

Published : Monday, 2018 January 1, 8:01 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया