दाङ होइन बुटवल हो राजधानी: विष्णु पौडेल

बुटवल । एमालेका उपमहासचिव विष्णु पौडेलले बुटवललाई प्रदेश ५ को राजधानी नबनाए आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
बुटवलमा बिहीबार आयोजित कार्यक्रममा पौडेलले प्रदेश नं. ५ को राजधानी बुटवल नै बनाउनुपर्ने बताए । उनले भने, ‘बुटवल राजधानी भएन भने आन्दोलन हुन्छ । अखण्ड लुम्बिनीको जस्तै आन्दोलन चर्किनेछ ।’
पौडेलले भने, ‘बुटवल बाहेक अन्यथा निर्णय हुने सुनिएको छ, यसो भए हामी सडकमा उत्रिन्छौं ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच नं. प्रदेशको राजधानी दाङलाई बनाउने गरेर गृहकार्य गर्न निर्देशन दिइरहेका बेला एमालेका उपमहासचिव पौडेलले दाङको विरोध गरेका हुन् ।
Published : Thursday, 2017 December 21, 6:25 pm
1 प्रतिकृया प्राप्त “दाङ होइन बुटवल हो राजधानी: विष्णु पौडेल”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
Yadi dang Rajhdhani hudaina vnea neta jeu Hami poni aandolan charkau xau dang ka Janata milerw… Yadi tei madham ho vnea kura buznus Rajhdhani banauna kha upayog x..