‘लेट मि ईन’द्वारा सौन्दर्य सेवा दिन सुरु

काठमाडौं । दक्षिण कोरियाको ‘लेट मि ईन’ले काठमाडौंमा पनि आफ्नो सेवा सुरु गरेको छ । छालासम्बन्धी समस्याको सेवा तथा उपचार गर्ने उदेश्यका साथ ‘लेट मि ईन’ नयाँ बानेश्वरमा स्थापना भएको छ ।

शुक्रबार नेपालका लागि दक्षिण कोरियाका राजदूतले ‘लेट मि ईन’को उदघाटन गरेका हुन् । सो कार्यक्रममा सहभागीहरूले ‘लेट मि ईन’ले सौन्दर्यताका विषयमा सेवा दिन थालेकोमा ‘लेट मि ईन’को प्रशंसा समेत गरे ।

‘लेट मि ईन’ले छालामा देखिने समस्याहरू डण्डिफोर, चाया, फेसियल, छालाको दाग हटाउने, अनुहारको फोहर हटाउनेलगायतका सेवा दिने जनाइएको छ । ‘लेट मि ईन’की रिसेप्सनिष्ट सरिता चौधरीका अनुसार मेसिनद्वारा कोठी पनि हटाउने व्यवस्था रहेको छ ।

छालाको चाउरी, चायाँ, छाला गोरो बनाउने हाइड्रो साइनिङ इञ्जेक्सन लगााउने लगायतका सेवा ‘लेट मि ईन’ले दिनेछ ।

छालासम्बन्धी सेवा दिने क्रममा ‘लेट मि ईन’ले नेपालमा उपलब्ध नभएका मेसिनहरूमार्फत पनि सेवा दिने चौधरीले बताइन् । ‘लेट मि ईन’ले एलइडी थेरापी प्रविधि नेपालमा पहिलो पटकट भित्र्याइएको चौधरीले बताइन् ।

‘लेट मि ईन’ले न्यूनतम ८ हजारदेखि ३० हजारसम्मको फेसियल सेवा दिने जनाएको छ । ५ सय रुपियाँमा टिकट लिएपछि चिकित्सकले चेकअप गरिसकेपछि मात्रै ‘लेट मि ईन’ले छाला र सौन्दर्यतासम्बन्धी सेवा दिइने जनाइएको छ ।

Published : Friday, 2017 December 15, 12:27 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया