आमालाई राजदूत बनाएर चुनाव जितिन्छ र आरजु भाउजु ?

काठमाडौं । एमालेसँगको सहकार्य तोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेसको समर्थनमा प्रधानमन्त्री थिए ।

‘प्रचण्ड’को ‘क्याबिनेट’मा कांग्रेसका सांसदहरू मन्त्री बनेका थिए । मन्त्री बनेका बेला मेनपावर व्यवसायी, नाता पर्ने आफन्तलाई छानीछानी राजदूत र राजनीतिक नियुक्तिहरू दिइयो । त्यस बेला यस्तो नचाहिने काम नगर्न जनस्तरबाट ठूलो दवाव भयो ।

कांग्रेसको नेतृत्वमा रहेका नेताहरू र उनीहरूका पत्नीहरूले कुनै कुरा सुनेन् । बरु आरजुले पति शेरबहादुर देउवालाई प्रभावमा पारेर आफ्नी आमा प्रतिभा राणालाई राजदूतमा सिफारिस गराइ छाडिन् ।

राप्रपाको राजनीति गर्दै आएकी प्रतिभा राणालाई कांग्रेसको कोटामा राजदूत बनाइएको थियो । भन्नका लागि राप्रपाको कोटामा भनियो तर, भित्री कुरा आरजुले नै आफ्नी आमालाई राजदूत बनाएकी थिइन् । यो कुरा त्यस बेलाका पत्रपत्रिकामा आएका समाचारहरूले पुष्टि गर्छन् । अहिले आएर शेरबहादुर देउवा र आरजु राणा देउवाले अस्वीकार गरे पनि त्यसको बास्तविकता त्यही थियो ।

जापानका लागि नेपाली राजदूत बनेर आरजुकी आमा टोकियोमा बसेकी छिन् । यदि त्यो राजदूत पदमा कांग्रेसमा योगदान पु¥याएको व्यक्तिलाई नियुक्त गरेको भए आरजुले कैलालीबाट हार्ने थिइनन् । दुई पत्नीका पति नारदमुनि रानाले सायद आरजुलाई जित्ने थिएनन् । आरजुले नै जित्ने थिइन् ।

मेनपावर व्यवसायीलाई राजदूत नियुक्त गरियो । त्यसमा पनि आरजुकै महत्वपूर्ण भूमिका छ भनेर आरोप लागेको थियो । यस्तो अवस्थामा आरजु भाउजुले नहारेर कसले हार्छ ?

उता, निर्वाचनको मुखैमा आफ्ना सम्धीलाई राष्ट्रिय भूकम्प प्राधिकरणको कार्यकारी निर्देशक बनाउने कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘पार्टीभित्रैबाट अन्तर्घात गरेर मलाई हराईयो’ भन्दै छन् । पौडेलले कहिल्यै पनि आफू र आफ्ना नातेदार भन्दा कसैको पनि भलो हेरेनन् । नातेदारभन्दा कांग्रेसमा कसैलाई पनि देखेनन् । आफ्ना छोरालाई समेत राजनीतिक नियुक्ति दिन पछि परेनन् ।

१३औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवार बनेका बेला ‘पार्टीभित्रको गुटको अन्त्य मेरो एजेन्डा हो’ भनेका थिए । तर, उनै पौडेलले सबैभन्दा धेरै गुट चलाएर बसेका छन् । कांग्रेसमा आफ्ना नातेदारभन्दा अरुलाई नेता कार्यकर्ता नदेख्ने वरिष्ठ नेता पौडेल नहारेर कसले हार्छ ?

Published : Monday, 2017 December 11, 11:34 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया