निर्वाचनको परिणाम कांग्रेसका लागि दुर्घटनाः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं ४ बाट प्रतिनिधी सभामा विजयी गगनकुमार थापाले मतदाताहरूलाई धन्यवाद दिएका छन् ।

उनले अबको ५ वर्ष पूर्वप्रतिवद्धता अनुसार सार्वजनिक शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गर्ने बताए । ‘मेरा मतदाता समक्ष गरेका सबै प्रतिवद्धता पूरा गर्नेछु’, विजयी भएपछि पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘अब नयाँ ढंगले चल्नुपर्ने बेला आएको छ ।’

नेता थापाले समग्र चुनावी परिणामलाई कांग्रेसका लागि ठूलो दुर्घटनाका रुपमा टिप्पणी गरेका छन् । उनले भने, ‘यसबारे अहिले नै हल्का ढंगले प्रतिक्रिया दिन्नँ । यो कांग्रेसका लागि ठूलो दुर्घटना हो ।’

नेता थापाले अब कांग्रेस यसरी नचल्ने बताए । उनले भने, ‘कांग्रेसले अब नयाँ भिजन र नयाँ सोँचका साथ जनतामा जानुपर्छ ।’

थापाले एमाले अध्यक्ष केपी ओलीलाई भावी प्रधानमन्त्री भन्दै चपली बम विस्फोटका घाइतेलाई भेट्न आग्रह गरे । बम विस्फोट प्रायोजित हुनेसक्ने भन्दै ओलीले भनेकोमा उनले खेद प्रकट गर्दै भने, ‘यो अहंकार प्रधानमन्त्रीका रुपमा नरहोस् ।’

Published : Saturday, 2017 December 9, 9:23 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया