मास्टरमाइण्ड खतरनाक डन पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन र एमालेको युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी हत्याका मुख्य योजनाकार पक्राउ गरेको छ ।

प्रकाउ परेका ३४ वर्षीय समिरमान सिंह बस्नेतले प्रहरीमा दिएको बयान समेत दिएका छन् । बस्नेतले भनेका छन्, ‘गौचन हत्या र दावा लामालाई गोली मेरो योजनामा भएको हो । सम्पूर्ण टिममा खटिने व्यवस्था लोप्साङ लामाले गरेको हो । मनोज पुनसँग दुर्गा तिवारीको हत्यापछि अलग भइसकेका छौं । हामीसँग छैन ऊ ।’

व्युरोले काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरेर बस्नेतको बयानको अडियो सार्वजनिक गरेको छ ।

समिरमानले गत असोज २३ गते नयाँ बानेश्वरको प्रयागमार्गमा व्यवसायी शरदकुमार गौचन र २०७३ साल पुस ४ गते रुपन्देही देवदह नगरपालिका खैरहनीमा एमालेको भातृ संगठन युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्याको जिम्मेवारी लिएको आइतवार आयोजित पत्रकार सम्मेलनमा डिआइजी पुष्कर कार्कीले बताए ।

समिरले गौचन र तिवारीको हत्या मात्र होइन । गत चैत २९ गते गुह्येश्वरी फाँटमा दावा लामालाई गोली हानेको समेत प्रहरी समक्ष स्वीकार गरेको कार्कीले बताए ।

प्रहरीको अनुसन्धान र समिरको बयान अनुसार गौचनको हत्या योजना समिरमानले बनाएको र लोप्साङले कार्यान्वयनमा मुख्य भूमिका खेलको देखिन्छ । विगत साढे दुई वर्षदेखि समिर देशबाहिर बसेर नेपालभित्र आपराधिक गतिविधि गर्दै आएको प्रहरीको दावी छ ।

समिरमान बस्नेत र मनोज पुन एउटै समूह बनाएर नेपालमा आपराधिक गतिविधि गरेको भनिए पनि समिरले भने आर्थिक विवादका कारण पुनसँगको सम्बन्ध टुटिसकेको दावी गरेका छन् । पुन दुर्गा तिवारीको हत्या अभियोगमा प्रहरीको खोजी सूचीमा छन् ।

समिरमान बस्नेतले विदेशमा नै बसेर अपराधिक गतिविधि गर्ने र ती गतिविधिलाई लुकाउन प्रहरीदेखि राजतिक दलसम्मको सेटिङ मिलाउने गरेको देखिएको छ ।

समिरमानले कुनै पनि अपराधिक समुहसँग काम नहुन्जेल सम्बन्ध राख्ने र त्यसपछि छुट्ने गरेको देखिएको छ । पुनसँगको सम्बन्ध पनि कमिसनमा विवाद बढेपछि छुटेको प्रहरीले जनाएको छ ।

Published : Sunday, 2017 December 3, 8:20 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया