ओलीसँग ठाकठुक भएपछि प्रचण्ड भारतीय राजदूतको शरणमा

काठमाडौं । वाम गठबन्धन बनाउन एमाले र माओवादी केन्द्रलाई जुन शक्तिले दवाव दिएको थियो अहिले त्यो शक्ति ब्याक हुने अवस्थामा पुगेको छ ।

एमालेका अध्यक्ष केपी ओलीको व्यक्तिवादी चरित्र र आर्थिक विषयमा देखिएको अपारदर्शिताका कारण त्यो शक्ति हच्किएको टिप्पणी हुन थालेको छ । केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चिनियाँ नेताहरूले वाम गठबन्धन बनाउन दबाब दिएका थिए ।

चीनका उपप्रधानमन्त्री नेपाल भ्रमणका बेला होटेल सोल्टीमा भएको गोप्य भेटवार्ताका बेला चिनियाँ पक्षले एमाले र माओवादी केन्द्रलाई वाम गठबन्धन बनाएर निर्वाचनमा जान दबाब दिएको थियो ।

चीनको उच्चस्तरीय त्यो टोलीले ओलीमार्फत निर्वाचन खर्च दिने आश्वासन दिएको थियो । आश्वासन अनुसार चीनबाट पैसा पनि आयो । तर, त्यो पैसा एमाले र माओवादी केन्द्रले बराबरी भागबण्डा लगाउने पूर्वसहमतिलाई तोडेर ओलीले कत्ति पनि खर्च नदिएको स्रोतको भनाई छ ।

ओलीले खर्च नदिएपछि रिसाएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड फेरि भारतको शरणमा पुगेको स्रोतको दावी छ । चार दिन अगाडि प्रचण्ड भारतीय राजदूत मनजिभसिंह पुरीलाई भेट्न लैनचौरस्थिात भारतीय राजदूतावास पुगेको स्रोतले जनाएको छ । त्यो भेटमा प्रचण्डले चीनको दवावमा एमालेसँग मिल्न पुगेको भन्दै निर्वाचन खर्च सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा राजदूत पुरीले दुई सर्त राखेको स्रोतको भनाई छ ।

राजदूत पुरीले कि वाम गठबन्धन छाड्नु पर्ने या निर्वाचनपछि एमालेको साथ छाडेर कांग्रेससँग मिलेर सरकार बनाउनुपर्ने प्रस्ताव राखेको स्रोतको भनाई छ ।

जवाफमा प्रचण्डले निर्वाचनको मुखमा आएर एमालेलाई धोका दिन नसक्ने तर, निर्वाचनपछि कांग्रेससँग सहकार्य गरेर अगाडि बढ्न आफू तयार रहेको आश्वासन दिएका छन् । त्यसपछि भारतीय राजदूत पुरीले प्रचण्डलाई निर्वाचन खर्च स्वरुप २ सय ५० करोड रुपियाँ दिने बचन दिएका स्रोतको भनाई छ ।

प्रचण्ड भारतीय राजदूतावास पुगेर निर्वाचन खर्च मागेको थाहा पाएपछि एमालेका अध्यक्ष ओली सशंकित हुन पुगेका छन् । त्यसको प्रतिक्रिया स्वरुप ओली–प्रचण्डले गर्ने भनिएको संयुक्त चुनावी सभाको कार्यक्रम प्रभावित भएको छ । अब ठूला चुनावी कार्यक्रम हुने छैनन् । साना चुनावी सभाहरूलाई उनीहरूले सम्बोधन गर्ने छन् ।

प्रचण्डलाई नलगेर ओलीले ताप्लेजुङमा एक्लै चुनावी सभा गरेर एमालेका शक्ति देखाएका छन् । सोही कारणले पनि अब एमाले र माओवादी केन्द्रबीचको सम्बन्ध धेरै दिन अगाडि नजाने हो कि भनेर एमालेका नेता प्रदीप नेपालले एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा खुलासा गरेका छन् । नेता नेपालले माओवादी र कांग्रेस फेरि मिल्ने तथा एमाले एक्लिने पक्का रहेको बताएका छन् ।

– यूनाइटेड पोष्ट साप्ताहिकबाट साभार

Published : Thursday, 2017 November 9, 3:04 pm

1 प्रतिकृया प्राप्त “ओलीसँग ठाकठुक भएपछि प्रचण्ड भारतीय राजदूतको शरणमा”

  • के प्रतिक्रिया दिने एउटा हावा साप्ताहिक बाट साभार गरेर मुलधार पत्रीका को बेइज्जत गर्न लाज लागेन ।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया