कांग्रेसको जनलहर रोक्न एमालेका उम्मेदवारले गरे गर्नै नहुने ‘कार्य’

डोटी, २२ कात्तिक । दोस्रो संविधान सभामा एमालेको तर्फबाट सभासदमा विजयी भएका प्रेमबहादुर आले मगरले डोटी जिल्लामा विपक्षी दल नेपाली कांग्रेस बलियो भएपछि पराजय हुनबाट जोगिन मतदाताहरूलाई आर्थिक प्रलोभनमा पारेको खुलासा भएको छ ।

मतदाताहरूलाई कागज गराएर पैसा वितरण गर्दै गरेको अवस्थामा स्थानीयले एमालेको तर्फबाट डोटी जिल्लामा प्रतिनिधि सभा उम्मेदवार आले रंगेहात स्थानीयले फेला परेका हुन् ।

जंगल फडानीको मुद्दा झेल्दै आएका एमालेका निवर्तमान सांसद आलेले संसद विकास कोषको रकम हिनामिना गरेको अरोप स्थानीयले लगाएका छन् ।

अनियमितता र भ्रष्टाचार तथा जनताको काम नगरेको भनेर आलोचित हुँदै आएका आलेलाई यसपटक नेपाली कांग्रेसले टक्कर दिएको छ ।

कांग्रेसका उम्मेदवारसँग पराजित हुने डरले एमाले उम्मेदवार आलेले गरिव र सर्वसाधारण मतदाताहरूलाई आर्थिक प्रलोभनमा पर्न थालेको स्रोतको भनाइ छ ।

मंसिर १६ गते डोटीको बडीकेदारको जात्रामा आएका सर्वसाधारणलाई शिवको मूर्तिमा हात राखेर आफूलाई भोट हाल्ने कसम खुवाएको तिर्थालुहरूले आरोप लगाएका छन् ।

उनले मन्दिरमा शिवको मूर्ति किनिदिएका हुन् । यसपटक प्रतिनिधि सभामा पराजित भएमा शिवको मूर्ति फेरि उखालेर लैजानेसम्मको चेतावनी आलेले दिएका छन् ।

डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं. ६ गाँजरीका चन्नरी भण्डारीका छोराको उपचार गर्ने आश्वासन दिएका आलेले पीडित परिवारसहित गाउँलेहरूले आफूलाई मतदान गर्नुपर्ने सर्त राखेको स्रोतको भनाइ छ । पैसा दिने बेला भोट दिनेपर्ने भन्दै सर्वसाधारणसँग कागज गरेका एमालेले नेता आलेको जिल्लाभरि विरोध हुँदै आएको छ ।

डोटी जिल्लाबाट निर्वाचनमा प्रतिस्पर्धा गरे पनि एमालेका नेता आलेले काठमाडौंको तीनकुनेमा आलिसान घर बनाएका छन् । उनी सोही घरमा सपरिवार बस्दै आएका छन् ।

Published : Wednesday, 2017 November 8, 3:16 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया