तीनजना भारतीय सुटर पक्राउ
पोखरा । धमाधम निर्वाचनको तयारी भइरहेका बेला पोखराको सिद्धार्थचोकबाट शुक्रवार साँझ प्रहरीले तीन भारतीय सुटरसहित एक नेपालीलाई पक्राउ गरेको छ ।
सिद्धार्थचोकस्थित एक पसलमा किनमेल गर्दै गरेको बेला उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । विभिन्न अपराधमा संग्लग्न भएको सुराकीको आधारमा भारतीय सुटरहरूलाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले जानकारी दिए ।
प्रहरीका अनुसार पक्राउ परेका तीन भारतीय हप्ता असुलीदेखि हत्यासम्मका आरोपमा मुद्दा खेपिरहेका व्यक्ति हुन् ।
उनीहरू आधादर्जनभन्दा धेरैै हत्या र दुई दर्जनभन्दा धेरै असुलीका मुद्दाका आरोपित रहेको प्रहरी दाबी छ ।
भारतको राजस्थान प्रहरीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई उनीहरूको बारेमा जानकारी गराएर खोजी गरिदिन आग्रह गरेपछि नेपाल प्रहरीले ती सुटरहरूको खोजी गर्दै आएको थियो ।
प्रहरीले भारतीय सुटरहरूसँगै एक जना नेपालीलाई पनि पक्राउ गरेको छ । प्रहरीले नेपाली र भारतीय कसैको पनि परिचय खुलाएको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत