हेटौँडामा प्रहरीको छापा, लागूऔषधसहित २ जना पक्राउ

हेटौँडा । मकवानपुर प्रहरीले नियन्त्रित लागूऔषधिसहित बारा जिल्ला स्थायी घर भएका दुई जनालाई हेटौँडाबाट पक्राउ गरेको छ ।
हेटौँडा उपमहानगरपालिका– ९ स्थित पशुपतिनगरमा प्रहरीले नियन्त्रित लागूऔषध लुकाई छिपाई राखेको भन्ने सूचनाका दुई जनालाई पक्राउ गरेको हो ।
डेरा गरी बस्ने रोशन कुसवाह र विक्की दासलाई लागूऔषधिसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख विकास खनालले जानकारी दिए ।
बारा जिल्ला सिम्रनगढ नगरपालिका वडा नं. ७ खजानी बस्ने वर्ष १६ को कुसुवाह र अमिरगञ्ज बस्ने वर्ष १६ का दासको कोठामा छापामार्दा लागूऔषधि फेला परेको थियो ।
कोठाबाट प्रहरीले कोरेक्स ११ बोत्तल र नियन्त्रित लागू औषध नाईट्रोभेट ६६० ट्याब्लेट बरामद गरेको थियो ।
Published : Wednesday, 2017 October 11, 9:38 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
यसमा तपाइको मत