३८ लाखको सुनका गहना हेटौँडाबाट बरामद

हेटौँडा । भारततर्फ लैजाँदै गरिएको सुनका गरगहनासहित मकवानपुर प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

दशैँको विदाको मौका छापेर भारतको कोलकत्तातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बसमा शंका लागेर खानतलासी गर्दा ३८ लाखभन्दा धेरै मूल्य पर्ने सुनका अबैध गरगहना बरादम भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख विकास खनालले जानकारी दिए ।

भारतीय नम्बरका बसमा हेटौँडा उपमहानगरपालिका वडा नं. १० स्थित पूर्वपश्चिम लोकमार्गमा प्रहरीले खानतलासी गरेको थियो ।

भारतको जिल्ला पश्चिम मोहिपुर थाना पास्कुरा ग्राम खुखरदह बस्ने २७ वर्षीय सफारी बेराले सुनका अबैध गरगहना लैजाँदै थिए । उनको साथबाट दश लाख ४१ ह्जार ३ सय ५० रुपियाँ बराबरको सुनका अबैध गरगहना बरामद गरिएको हो ।

प्रहरीले भारत पासकुरा थाना चाज्दा कोलकत्ता बस्ने २० वर्षीया सीमा सिगोलाई पनि नियन्त्रणमा लिएको छ । सिगोको साथबाट अठ्ठाईस लाख चौध हजार आठ सय बैसठ्ठी रुपियाँ बराबरको सुनको अबैध गरगहना बरामद भएको छ ।

पक्राउ परेका दुबै भारतीय नागरिकहरूलाई राजश्व अनुसन्धान बिभाग, मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैया, बारा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख खनालले बताए ।

Published : Wednesday, 2017 October 4, 4:38 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया