कपाल झर्न कसरी रोक्ने ?

नयाँ दिल्ली । कपाललाई झर्नबाट जोगाइ राख्नका लागि आफ्नो खानपानमा ध्यान दिनु जरुरी भएको छ ।

खानपानमा सुधार गर्ने हो भने कपाल झर्ने समस्या अन्त्य हुन्छ । त्यति मात्रै होइन कपाल पलाउन समेत थाल्छ ।

भारतकी हेयर र ब्यूटी एक्सपर्ट निक्की बाबाका अनुसार केही खानेकुरा धेरै खाँदा रगतमा बायोटिनको कमी हुन थाल्छ जसले कपालको जरामा रक्तसंचार कम हुने गर्दछ । यसकारण तीब्र गतिमा कपाल झर्ने गर्छ ।

पेस्ट्रीज र केकमा हुने मैदा र चिनीले एन्ड्रोजन हर्मोनको स्तर बढाउँछ । यसले तीब्र रुपमा कपाल झर्छ ।

तारेका खानेकुरामा अत्यधिक तेल हुन्छ जसले टाउकोको कपालको प्वाल बन्द हुन्छ जसका कारण कपाल झर्ने गर्दछ ।

रिफाइन्ड फूडमा सेतो पाउरोटी, पास्ताजस्ता खानामा पाइने स्टार्च चिनीमा परिवर्तन हुन्छ जसले कपाल पातलो हुन थाल्छ ।

आलुमा स्टार्चको मात्रा अत्यधिक हुन्छ जसले इन्सुलिनको स्तरलाई बढाउँछ र कपाल धेरै झर्छ ।

पिज्जाले पनि कपालमा नोक्सानी पुगाउने गर्छ । यो खाँदा रगतमा चिनीको मात्रा बढ्छ । यसले हेयर फोलिकललाई खुम्च्याउँछ र कपाल धेरै झर्ने गर्दछ ।

फ्रेन्च फ्राइमा धेरै तेल र ट्रान्सफ्याट हुन्छ जसले कपालको जरालाई पोषण पाउन दिँदैन ।

मिठाईमा यसले ब्लड सुगर लेभल बढ्छ जसले हेयर फोलिकल्स खुम्चिने गर्दछ र कपाल झर्ने गर्दछ ।

कार्बोनेटेड ड्रिङ्क्समा सोडा, कोलाजस्ता ड्रिङ्क्समा अत्यधिक चीनि र एसिडिक क्वालिटी हुन्छ । यसले कपाल धेरै झर्छ ।

रक्सी पिउँदा शरीरमा जिंकको शेचन स्लो हुन्छ जसले कपाल अत्यधिक झर्छ । – एजेन्सी

Published : Tuesday, 2017 October 3, 7:29 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया