मोटो शरीर भएका युवती र महिलाले कस्तो ड्रेस लगाउने ?

काठमाडौं । मोटो शरीर भएकाहरूले पहिरन छान्दा निकै गुनासो गरेको पाइन्छ । आफ्नो शरीर आफैँलाई भद्दा लाग्ने गरेको बताउने उनीहरू पहिरनको विषयमा पनि उत्तिकै गुनासो गर्छन् । भनेजस्तो कपडा नमिल्ने, नसुहाउने आदि समस्या हुन्छ ।

सकेसम्म ए लाइन र वाई सेपमा कट भएको, लाइक्रा, सिफन, जर्जेट कपडा प्रयोग गर्नुपर्छ । त्यसमा पनि प्लेन, अँध्यारो कलरका कपडा प्रयोग गर्नुपर्छ ।

त्यो कपडामा बीच भाग कहीँ कतै मात्रै डिजाइन गरेको लगाउन जरुरी छ । यसो भयो भने मोटा युवतीले आफूलाई स्लिम देखाउन सक्छन् । सकेसम्म तपाईंहरूले समय परिस्थितिअनुसार यस्ता खालका पहिरन प्रयोग गर्न जरुरी छ ।

यदि तपाईं पार्टीमा जाँदै हुनुहुन्छ भने अलिकति फरक ड्रेसअपमा सजिनुपर्छ । तपाईंले पार्टीमा जाँदा गाउन, अम्रेला कुर्ता, कोट स्टाइल लेहेंगा लगाउन सक्नुहुन्छ ।

क्याजुअलमा पहिरन छान्न खोज्नुभएको छ भने लुज टिसर्टमा कपडाको पाइन्ट प्रयोग गर्न सकिन्छ । यदि टिसर्टको बदलामा सर्ट लगाउने हो भने त्यसको हातको बाउला लामो हुनुपर्छ । तपाईंहरू ए लाइन सेपको वानपिस पनि लगाउन सक्नुहुन्छ ।

Published : Wednesday, 2017 September 13, 7:23 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया