‘एक्सन’मा उत्रियो मकवानपुर प्रहरी, ४ सय कठ्ठामा लगाइएको गाँजा नष्ट
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाँजा खेती नष्ट गर्ने अभियानलाई तीब्र बनाएको छ ।
राक्सिराङ गाउँपालिकामा तस्करहरूले लगाएको ४ सय ४३ कठ्ठाको गाँजाको ब्याड नष्ट गरिदिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक विकास खनालले जानकारी दिए । प्रहरीले २ सय ९२ कठ्ठामा लगाएको गाँजाका बोट पनि नष्ट गरेको छ ।
खनालले भने, ‘जिल्लाको उत्तरी भागमा रहेको राक्सिराङ गाउँपालिका करिब ३६ बिगाहामा भइरहेको गाँजाको व्यावसायिक खेती नष्ट गरेका छौँ ।’
मकवानपुरका पहाडी क्षेत्रमा भारतीय तस्करहरूले स्थानीयलाई प्रयोग गरेर गाँजा खेती गर्दै आएको प्रहरी भनाइ छ ।
राक्सिराङ गाउँपालिकाबाटै प्रहरीले ३२ किलो गाँजासहित स्थानीय जय तामाङलाई पनि गिरफ्तार क्राउ गरेको छ ।
Published : Wednesday, 2017 September 6, 9:30 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत